जय तमाँग, धादिंग गजुरी , हाल बेलायत
लहलह मौलाएको बाली माथि नाँच्ने भयो सलह
मौरी भए पाल्न हुन्थ्यो बनाउनलाई गुलीयो मह ।
खराब अनि हानिकारक देखे पछि वरपरका मित्रहरु
कसले किन कसरी कहिले पठायो भनि गर्छन कलह ।
हरियो जति केहि नराख्ने भयो लोभी पापी फट्याँग्रले
माटो पनि खाला जस्तै गरी आयो भर्दै जमिन सतह ।
गरीब किसान मर्ने भए बाली नाली देख्नै नपाईकन
सलह समाई लेउ भन्ने जान्नेहरु कति सारो फटाह ।
हाम्रो जस्तो कृषिप्रधान देशमा यति धेरै सलह पस्दा
धन सम्पती हाँसो खुशी लाने भयो पुरै देशको सह ।