
एटा संवाददाता ।
लण्डन । नेपालीहरुको वाक्लो बसोबास रहेको मानिएको अल्डरसट र फार्नबोरोमा बसोबासरत जेष्ठ नागरिकहरुलाई फेस माक्स वितरण छ । कोभिड–१९ ले पारेको प्रभावहरुलाई कम गराउन अल्डरसट इम्पावरमेन्ट ग्रुपका मान गुरुङको संयोजकत्वमा करीब २०० जना नेपाली जेष्ठ नागरिकहरुलाई वितरण गरिएको हो ।
बेलायतमा क्रियाशिल कम्युनिटी एण्ड न्यचर इन्टरनेश्नल (क्यान) नामक च्यारिटी संस्थाले फेस माक्स स्पोन्सर गरेका थिए । उक्त फेस माक्सलाई गोर्खा आमा समूह अल्डरसट एम्पायर हलका ट्रष्टी धनमाया गुरुङ, सल्लाहकार माईली गुरुङ, अध्यक्ष तारा गुरुङ, महासचिव भगवति घले र वरिष्ठ फोटो पत्रकार मिलन तमुले विभिन्न स्थानमा पुगी वितरण गरेका थिए ।

कोरोना भाईरसको प्रभावलाई कम गराउन फेस माक्सले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ क्यानको आर्थिक सहयोगमा गत दुई महिना देखि वितरण गर्दै आएको र आउने दिनहरुमा पनि आप्mनै खर्चबाट भएपनि सो वितरण कार्यलाई निरन्तरता दिने संयोजक मान गुरुङले बताए ।





