सरकारको नीति तथा कार्यक्रम दुवै सभाबाट पारित

SHARE:

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दुवै सभाको बैठकले आर्थिक वर्ष २०७५ / ०७६ को नीति तथा कार्यक्रम पारित गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममा चार दिनसम्म सांसदहरुले धारणा राखेका थिए । नीति तथा कार्यक्रममा कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाबाहेकका संशोधनकर्ताले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

संसदले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । प्रधानमन्त्रीले विपक्षीले उठाएका जिज्ञासाको जवाफ दिंदै सरकारको नीति तथा कार्यक्रमको विरोध नै गर्नुपर्ने संस्कार सुधार गर्न अपिल गरेका थिए । नीति तथा कार्यक्रममा कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाले राखेका संशोधन बहुमतले अस्वीकृत गरेको थियो ।

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले दिएको जवाफप्रति स्पष्टीकरण माग गरेका थिए। नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र राजपाका लालले पेस गरेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। त्यसैगरी गरी अर्का संशोधनकर्ता प्रमिला कुमारीले भने आफ्नो प्रस्ताव फिर्ता लिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!