नुवाकोट, तादी गाउँपालिका-३ (साविक रालुका गाविस वडा नं ९) स्थित टुटुङ आधारभूत विद्यालयको चारकोठे भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
मेसो कम्पनी काठमाडौंको सहयोगमा निर्माण भएको विद्यालय भवन नुवाकोट क्षेत्र नम्बर १ का सांसद एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हितबहादुर तामाङले उद्घाटन गरेका हुन् । भवन हस्तान्तरण क्रममा विद्यालयलाई फर्निचरहरु पनि दिइएको थियो ।
२०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त तुल्याएको सो विद्यालयलाई चार कोठे भवन सोही कम्पनीले ०७३ सालमै निर्माणका गरी हस्तान्तरण गरेको थियो । कार्यक्रममा सम्बोधन गर्दै सांसद तामाङले महत्त्वपूर्ण सहयोग गर्ने सामाजिक संस्था मेसो कम्पनी काठमाडौंका प्रमुख तिलक लामासहित सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिएका थिए ।






