नक्कली डलर कारोबार गर्ने पक्राउ

SHARE:

बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकन डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीको आधारमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ का २३ वर्षीय विनोद तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

डलर भनेर नक्कली डलर २५ हजार देखाई नेपाली रु १८ लाख बराबरको रकम सटही गर्न सम्झौता गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । सो क्रममा पाँच राउण्ड हवाई फायरसमेत गरिएको प्रहरीले जनाएको छ । उनको साथमा बा ७२ प ३०९६ नं को मोटरसाईकलसमेत बरामद गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!