
लन्डन ६ भदौ । पछिल्लो समय कोरोना संक्रमित र मृत्युदर कमी देखिएको बेलायतमा शनिबार मध्याह्नसम्म संक्रमितको संख्या ३ लाख २५ हजार पुगेको छ । भने ४१ हजार ४९१ जनाको ज्यान गइसकेको छ ।
जोन हप्किन्सकाअनुसार शनिबार मध्याह्नसम्म ३ लाख २५ हजार २६३ संक्रमित छन् । लकडाउनपश्चात् शुक्रबार हालसम्कै सबैभन्दा कमको मृत्यु भयो । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा दुई जनाको मात्र ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको हो । उक्त संस्थाका अनुसार बिहीबार १ हजार १ सय नयाँ संक्रमित थपिएकोमा शुक्रबार १ हजार ३३ जना नयाँ संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, मेक्सिको र भारतपछिको पाँचौं स्थानमा पर्छ । हालसम्म विश्वमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ ।
जोन हप्किन्स



