बर्न्टओक नेपाली समाज यूकेद्वारा वाट्लिङ्ग पार्कमा सरसफाई

SHARE:

लन्डन १६ भदौ । ‘हाम्रो पार्क सफा गरौँ र सफा राखौं । हामी नेपाली समुदायबाटै सुरुवात गरौँ र अरु समुदायलाई पनि सहभागी गराउँ’ भन्ने मूल नाराका साथ बर्न्टओक नेपाली समाज यूकेले वाट्लिङ्ग पार्कमा सरसफाइ गरेको छ । भूतपूर्व गोर्खा सैनिकहरु लगायत नेपाली समुदायका झन्डै ५० जना सदस्यले सरसफाइ कार्यक्रममा भाग लिएका थिए ।

कार्यक्रममा लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष गुरुङ, बार्नेटकी काउन्सिलर सारा कन्वे तथा फ्रेन्ड्स अफ सिल्कस्ट्रिम नामक संस्थाका स्वयम्सेवीहरुले पनि भाग लिएका थिए । पार्क सरसफाइ कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष विष्णु गुरुङले गरेका थिए ।

सरसफाई लागि आवश्यक विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री लगायत डेपुटी मेयर लक्ष्य गुरुङले उपलब्ध गराएको तमुधिं लन्डन इकाई आमा समितिकी अध्यक्ष डिलमाया गुरुङले जानकारी दिइन् ।

बर्न्टओक नेपाली समाजले आफ्नो स्थापनाकालदेखि नै स्थानीय समुदायमा विभिन्न रचनात्मक काम गर्दै आएको छ । सन् २००४ मा स्थापना भएको समाजले दसैं, तिहार, ल्होछार, नयाँ वर्ष तथा ग्रिष्मकालीन कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

तस्बिर सौजन्य : तमुधिं लन्डन इकाई आमा समितिकी अध्यक्ष डिलमाया गुरुङ

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!