लन्डन १६ भदौ । तमुधिं यूकेका एक प्रतिनिधिमण्डलले मातृशोकमा रहेका उपाध्यक्ष जुमकाजी गुरुङको निवासमै पुगेर समवेदना व्यक्त गरेका छन् ।
तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष उपाध्यक्ष हरि गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, आमा समूहकी अध्यक्ष जगतमाया गुरुङ, ह्यासायरको अध्यक्ष उत्तरबहादुर गुरुङ, कार्यसमिति र सल्लाहकार, साथीहरु, पूर्व प्रअ एवं साहित्यकार एकेन्द्र गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटोग्राफर मिलन तमु लगायत सोमबार तमुधिं यूके उपाध्यक्ष तथा रामबजार सोसाइटी यूकेका निवर्तमान अध्यक्ष जुमकाजी गुरुङको फार्नबोरोस्थित निवास पुगेर शोकसन्तप्त परिवारलाई स्याइँ स्याइँ र सान्त्वना दिएका हुन् ।
टोलीले स्वर्गीय आमा मनसुवा गुरुङको मृतात्माले चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।
उपाध्यक्ष जुमकाजी गुरुङका ८५ वर्षीया आमा मनसुवा गुरुङको आफ्नै निवास फार्नबोरोमा अघिल्लो सोमबार निधन भएको हो । गुरुङ परिवार पुरानो गाउँ ताङ्ले अनि रामबजार, पोखरा हुँदै लामो समय फार्नबोरो यूकेमा नै स्थायी बसोबास गर्दै आएका छन् ।








तस्बिर : मिलन तमु


