१६ औं गोर्खा कप मंगोलियन भाञ्जाको हातमा, भेटरेनतर्फ इलाम एफसी विजयी

SHARE:

 एटा सम्वाददाता
अल्डरसट । तमुधिं युकेले आयोजना गरेको १६ औं गोर्खा कप फुटबल प्रतियोगिताको मुख्य खेलतर्फको उपाधि मंगोलियन भाञ्जाले हात पारेको छ । अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा गत २७ मे २०१८ आइतबार आयोजित खेलमा मंगोलियन भाञ्जा र ब्रिगेड बोईज क्लब (बीबीसी) फाइनलमा पुगेका थिए । निर्धारित समयमा दुवै टिमद्वारा कुनै गोल नभएपछि थप समयको दोस्रो हापमा मंगोलियन भाञ्जाले ० को विरुद्ध १ गोल हानी १६ औं गोर्खा कपको उपाधि चुम्न सफल भएको हो ।

गत वर्ष पनि दुवै टिम फाइनलमा पुगी मंगोलियन भाञ्जाले जित हात पारेको थियो । विजेता टिम मंगोलियन भाञ्जालाई आइडिया फर नेपालका इन्टरनेश्नल डाईरेक्टर चिङ्गचिङ्ग र मिस नेपाल (२००५) सुगारिका केसीले २५०० पाउन्डको चेक हस्तान्तरण गरेका थिए । त्यस्तै, उपविजेता टिम बीबीसीलाई रबि एण्ड रबिजङ्ग ट्रष्टका रबि लामिछानेले १५०० पाउन्ड नगद पुरस्कार प्रायोजन गरेका थिए । त्यस्तै मुख्य खेलतर्फ मंगोलियन भाञ्जाका सौगात गुरुङ टप स्कोरर बने भने सादिक लिम्बु मेन अफ दि म्याच घोषित भए । लिम्बुलाई माउसटेल वेभ सर्भिसेजका मान गुरुङले गोर्खा घडी उपहार दिएका थिए ।
मुख्यतर्फ ३२ र भेटरेनतर्फ १० टिमले भाग लिएको सो खेलको भेटरेनतर्फ ईलाम एफसीले केन्ट एफसीलाई ० को विरुद्ध १ गोल हानी विजेता बन्न सफल भए । ३ पटक सम्म बिजेता बन्न सफल भएको एफसी केन्टलाई गतवर्षको उपबिजेता ईलाम एफसीले यसपटक बिजयी हासील गरेको हो । बिजेता ईलाम एफसीलाई अनुग्रह ज्वलर्स अल्डरसटका सुनम राईले एक हजार दुईसय पाउण्ड नगद पुरस्कार प्रदान गरे भने उपबिजेता एफसी केन्ट टीमलाई डिडी लन्डनका सुदन गुरुङले ८०० पाउन्डको चेक हस्तान्तरण गरे ।

त्यस्तै, भेटरेनतर्फको खेलमा ईलाम एफसीका चोक गुरुङ मेन अफ दि म्याच बन्न सफल भए भने एफसी केन्टका मोहन राई वेष्ट स्कोरर बने । भ्याट्रनतर्फका म्यान अफ म्याच बन्न सफल चोक गुरुङलाई राजु घले र राजेन्द्र प्रधानले पुरस्कार प्रायोजन गरेका थिए । विभिन्न व्यक्ति, उद्यमी, व्यापारीहरुले पुरस्कार प्रायोजन गरेको सो कार्यक्रममा पीपल मोर्गेजका सूर्यप्रकाश गुरुङले ट्र्याकसुट, प्रवेश तथा कार पार्क टिकटको रिया मनी ट्रान्सफरले प्रायोजन गरेका थिए ।
विजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि स्थानीय मेयर स्टीभ मास्टस्र्टोन, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरण, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, पूर्व अध्यक्षहरु, सल्लाहकार, आजीवन सदस्यहरु, अतिथिहरु र प्रायोजकहरुले नगद पुरस्कार, ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । करिब १० हजार दर्शकको अपेक्षा गरिएको गोर्खा कपमा अपेक्षा भन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकको दावी छ । औपचारिक कार्यक्रमको शुरुवातमा ब्रिगेड व्याण्डले नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएका थिए ।

सन् २००३ देखि लगातार प्रत्येक वर्ष आयोजना गर्दै आएको गोर्खा कप प्रतियोगिताको स्तरमा बृद्धि हुनुका साथसाथै सिङ्गो नेपाली समुदाय बेलायत र स्थानीय गैरनेपाली खेलप्रेमीहरुको पनि बढ्दै आएको आयोजकको भनाई छ । फुटबल त धेरैको लागि बाहना मात्र थियो । धेरैजसो दर्शकहरु खेल हेर्न भन्दा पनि भेटघाट, विभिन्न स्टल अवलोकन र रेष्टुरेण्टको स्वादमा व्यस्त थिए । यसबर्ष गोर्खा कपलाई ‘एफ ए कप’ ले विशेष आकर्षण बढायो । सो कपलाई आयोजक तमुधिं युकेले गुल्मेली नौमती बाजासाथ स्वागत गर्दै कार्यक्रम परिसर भित्र घुमाइएको थियो । प्रवेशद्वार नजिकै प्रर्दशन गरिएको सो एफए कपमा धेरैजनाले फोटो खिचाएका थिए । सो कप प्रदर्शनीमा सहारा युकेका अध्यक्ष मिन गुरुङको विशेष भूमिका रहेको थियो ।

विदेशमा बसोबास गर्ने नेपालीहरुले विदेशी भूमिमा आयोजना गर्दै आएको एभेन्टहरुमध्ये गोर्खा कपलाई सबभन्दा ठूलो इभेन्टको रुपमा लिने गरिन्छ । सुरक्षा संयन्त्रलाई अत्यन्त व्यवस्थित गरिएको सो प्रतियोगितामा एम्बुलेन्स, प्रहरी, सेक्युरिटी, दमकल, फस्ट एडर, अस्थायी चर्पी, कारपार्क, १० वटा खानाको स्टल सहित, ब्रिटिश आर्मीको ६ वटा स्टल सहित ४५ वटा विभिन्न व्यापारिक तथा च्यारिटेवल स्टलहरु राखिएको थियो । सयपत्री कल्चरल ग्रुपको आर्कषक नृत्य, ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, धनुष वाण र तेक्वान्दो समेत प्रस्तुत् गरिएको थियो । हङ्गकङ्ग, बेल्जियम र होल्याण्डका फुटबल टिमको समेत बिशेष उपस्थिति रहेको सो खेलमा तमुधिं यूकेका आजीवन सदस्य, सल्लाहकार, कार्यसमिति, ईकाई, आमा समूह र युवाहरुले खेल सम्पन्न गर्नका लागि बिशेष भूमिका निभाएका थिए ।

सोही दिन तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको जन्मदिन परेकोले तमुधिं युके आमा समूहले संयुक्त रुपमा केक काटी शुभकामना दिएका थिए । सो अवसरमा प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि लगायत सबै सहभागीहरुले शुभकामना दिए । रसमुर बरो काउन्सिलका मेयर स्टीभ मास्टस्र्टोन, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरण, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र खेल संयोजक क्याप्टेन पिताम्बर गुरुङलगायतले मन्तब्य राखेका थिए ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको निर्देशन र स्थानीय मेयर स्टीभ मास्टस्र्टोनको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगिताको औपचारिक कार्यक्रमलाई महासचिव कृष्ण गुरुङले संचालन गरेका थिए भने सहारा युकेका संस्थापक अध्यक्ष नबिन गुरुङले फाईनल खेलको कमेन्ट्रीको भूमिका खेलेका थिए ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले फुटबललाई पहिलो किक हानी उद्घाटन भएको सो प्रतियोगितामा प्रमुख अतिथि, बिशेष अतिथि, अतिथिहरुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्रिगेड अफ गोर्खा, प्रायोजक, स्थानीय प्रहरी, काउन्सिल र खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङको निर्देशन र खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङको संयोजकत्वमा सम्पन्न १६ औं गोर्खा कप फुटबल प्रतियोगितामा खेल टुर्नामेन्ट इन्चार्ज ले.रि. कुसाङ्ग गुरुङ, सहइन्चार्ज कुमार गुरुङ, फण्ड राईजिङ्ग संयोजक कमल गुरुङ, फण्ड राईजिङ्ग सहसंयोजकहरु मोहन गुरुङ, कृष्ण गुरुङ, दिलरास गुरुङ, हेल्थ एण्ड सेफ्टी सल्लाहकारमा क्या. सूर्य प्रकाश गुरुङ, कन्ट्रोल सेन्टर संयोजकमा क्या. धन बहादुर गुरुङ, क्या. देव घले, जनसम्पर्कमा मेजर डमर घले एमबिई, अर्थ संयोजकमा दिपक गुरुङ, सेक्युरिटी संयोजकमा ले.मुक्ति गुरुङ, सहसंयोजकहरुमा ओमेन्द्र गुरुङ, चन्द्रमान गुरुङ, मार्शल संयोजकमा उत्तर गुरुङ, सहसंयोजकमा शेरकाजी गुरुङ, मिडिया रेपमा रोहित गुरुङ, ट्रेडिङ्ग संयोजकमा उपाध्यक्ष नन्दजङ्ग गुरुङ, वातावरण संयोजकमा क्या तिर्थ गुरुङ, अतिथि सत्कार संयोजकमा मेजर कृष्ण गुरुङ, सहसंयोजक कुमार गुरुङ (लण्डन), प्रशासन संयोजकमा उपाध्यक्ष हित काजी गुरुङ, एचआर संयोजकमा महासचिव कृष्ण गुरुङ, सहसंयोजकमा सचिव तुलाराम गुरुङ, मनोरञ्जन संयोजक सांस्कृतिक सचिव क्रिस गुरुङ, युथमा राजेन गुरुङ, स्टोर्स संयोजकमा प्रोपर्टी संयोजक लैंच कुमार गुरुङ, कार्यसमिति, सल्लाहकार, आजीवन सदस्य र आमा समूहको संयोजनमा आमा समूहकी अध्यक्ष प्रेमालगायत आमाहरुले बिशेष भूमिका खेलेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!