बितेको २४ घन्टामा नेपालमा १ हजार ७३६ डिस्चार्ज, ९७९ संक्रमित

SHARE:

काठमाडौं २२ भदौ । नेपालमा बितेको २४ घण्टामा १७ सय ३६ जनाले कोरोना निको भएर घर फर्केका छन् । सोमबार १७ सय ३६ ले कोरोनालाई परास्त गरेसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ३० हजार ६ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या दैनिक रुपमा बढ्दै गएको छ । नेपालमा कुल कोरोना संक्रमितमध्ये ६५ प्रतिशत निको भएका छन् ।

त्यसैगरी हाल नेपालमा ४ हजार सात सय ३९ जना क्वारेन्टाइनमा र ९ हजार ६९ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टाको अवधिमा ९ सय ७९ कोरोना संक्रमित भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेको संख्या ३ सय पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । गएको २४ घन्टामा थप ११ को मृत्यु भएसँगै कूल मृतकको संख्या सोमबार ३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

मृत्यु हुने महिलामा काठमाडौँका ३ जना रहेका छन् । ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो । त्यसैगरी कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

मोरङका ७६ वर्षीय, सिरहाका ८७ वर्षीय, ६२ वर्षीय,सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेकाा ५९ वर्षीय गरी ७ जना पुरुषको कोरोनाले मृत्यु भएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!