नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, ३९ हजार ५७६ डिस्चार्ज, मृत्यु ३६०

SHARE:

२४ घन्टामा ११ सय ७० कोरोना संक्रमित, ८ सय ७९ डिस्चार्ज


काठमाडौँ २९ भदौ । नेपालमा सोमबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । संक्रमितमध्ये ३९ हजार ५७६ डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा भने नेपालमा ११ सय ७० कोरोना संक्रमित थपिएको जनाएको छ । २४ घन्टामा डिस्चार्ज ८ सय ७९ जना निको भएका छन् ।

२४ घन्टामा १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मुलुकभर कोरोना संक्रमणबाट २४ घन्टाको अवधिमाथप १५ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यो सँगै हालसम्म मृतकको संख्या ३ सय ६० पुगेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!