काठमाडौं ३० भदौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा होटलको आइसोलेसनमा बसेका छन् ।
ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको सोमबार प्राप्त पीसीआर रिपोर्टमा पोजिटिभ नतिजा आएपछि सोल्टी होटलको आइसोलेशनमा बसेका हुन् । उनले पछिल्लो समय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिनअगाडि दक्षिण सुडान लगेका थिए ।
दक्षिण सुडानबाट फर्केपछि लामाले कुनै पनि जहाज उडाएका थिएनन् । लामासँगै अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएर सोल्टीको आइसोलेसनमा बसेका छन् ।


