बिष्णु दाइ र राधिका भाउजु

SHARE:

चिम्खोले काइँला, बेलायत

बिष्णु दाइको आफ्नो प्राणभन्दा प्यारी श्रीमती राधिका भाउजु कोभिड १९ को संक्रमणको कारणले राजधानीमा परलोक भएपछि बिष्णु दाइ सशंकित तथा भौतारिँदै उनी जन्मेको तथा हुर्केको गाउँ फर्केका छन् | विष्णु दाइले ३० वर्ष लगाएर कमाएको अर्बौंको सम्पत्ति राजधानीमा अलपत्र छोडेर गाउँ फर्किएका छन् | बिष्णु दाइलाई जन्म दिने आमाबाबा स्वर्गबास भएको खबर पाउँदासमेत बिष्णु दाइ गाउँ फर्किएका थिएनन् | तर बिष्णु दाइ आज एक्कासी गाउँ फर्किएका छन् |

बिष्णु दाइ धौलागिरि अञ्चलको बिकट गाउँमा जन्मिएका हुन् | उनको जन्म एक साधारण किसान परिवारमा भएको हो | बिष्णु दाइले निम्न माध्यमिक विद्यालयको अध्यायन पूरा गरेपछि उनी माध्यमिक विद्यालयको अध्यायन गर्न छिमेकी गाउँमा छिरेका हुन् | छिमेकी गाउँमा माध्यमिक विद्यालयको अध्यायन गर्दा उनलाई धेरै कुराको असुविधा भोक्न परेको थियो | उनी विद्यालय पुग्नको लागी लामो दुरी पैदल यात्रा गर्न पर्थ्यो | बिष्णु दाइको गरिबीको कारणले गर्दा खुट्टामा जुत्ता थिएन भने शरीरमा प्रशस्त लुगा पनि थिएन | केवल उनको शरीरमा जाङ्गे र कमिज मात्र हुन्थ्यो | माध्यमिक विद्यालय अध्ययन गर्न जाँदा टन्न एक हप्ताको लागि खर्च र दाउरा बोकेर उकाली चढेर ओह्राली झर्न पर्थ्यो | हिउँदको समयमा हिउँमा एकसरो लुगा मात्र अनि खाली खुट्टा हिँड्न पर्दा जाडोले कक्रेर शेष पर्थ्यो भने वर्षाको समयमा जुका लागेर हैरान पार्दथ्यो | छिमेकी गाउँमा माध्यमिक विद्यालय अध्ययन गर्दा बिष्णु दाइले धेरै कष्टकर जीवन बिताउन परेको थियो | गाउँमा हुँदा बुबा आमा तथा परिवारका सदस्यहरुले पकाएर दिएको खान्थे छेमिकी गाउँमा आफै पकाएर खान पर्छ | बिचरा बिष्णु दाइ बढ्ने उमेरको मान्छे तथा कलिलो केटो बोकेर लागेको खर्चले कहिल्यै छाक टार्न पुग्दैन | कुनै दिन तथा कुनै रात भोक-भोकै विद्यालय जान तथा सुत्न पर्छ | तैपनि सोझा, इमान्दार तथा लगनशील बिष्णु दाइले छिमेकी गाउँको माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तिर्ण गर्छन् |

बिष्णु दाइले माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा प्रबेशिका परीक्षा उत्तिर्ण गरेपछि पश्चिमाञ्चल धौलागिरि विश्वविद्यालय बागलुङमा अध्ययन शुरु गर्छन् | बिष्णु दाइले पश्चिमाञ्चल धौलागिरि विश्वविद्यालय बागलुङबाट स्नातकोत्तर अध्ययन पूरा गरेपछि जागिर खोज्नको लागि राजधानी छिर्छन् | जागिरको सिलसिलामा राजधानीको विभिन्न सरकारी कार्यलय, प्रहरी, सेना तथा प्राइभेट क्षेत्रको कार्यलयहरुमा जागिरको आवेदन दिन्छन् | तर उनलाई जागिरको लागि कुनै पनि निकायले अफर गर्दैन | बिष्णु दाइ स्वदेशमा जागिर खानदेखि हार खाएर गाउँ फर्कन्छन | उनको स्नाकोत्तरको प्रमाणपत्र बाजेले लाहुरबाट ल्याएको थोत्रो बाकसमा थन्को लगाएर विदेश जान तम्सिन्छन् | विदेश जानको लागि घर जग्गा साहुकोमा बन्धकी राखेर एक लाख रुपियाँ लिएर राजधानी छिर्छन् | राजधानीमा आएपछि विदेश जानको लागि घर जग्गा साहुकोमा बन्दकी राखेर ल्याएको एक लाख रुपियाँ वैदेशिक रोजगारमा पठाउने कार्यलयमा छिट्टै विदेश पठाउने सर्तमा सो रकम एक दलाललाई बुझाउँछन् |

बैदेशिक रोजगारमा पठाउने दलालले बिष्णु दाइलाई छिट्टै विदेश पठाउँछु भन्छ तर महिनौं तथा वर्षौं बित्छ तर उनलाई विदेश पठाउन सक्दैन | अन्त्यमा दलाल पनि गायब हुन्छ कार्यलय पनि बन्द हुन्छ | त्यसपछि बिष्णु दाइको हालत अलपत्र तथा नाजुक बन्दै जान्छ | घरबाट खानको लागि ल्याएको पैसा पनि समाप्त भइसकेको हुन्छ भने विदेश जानको लागि राखेको पैसा पनि गायब | बिष्णु दाइलाई ठूलो तनाब हुन्छ | उनको जीवनमा ठूलो बज्रपात हुन्छ | बिष्णु दाइ साहुको ऋण तिर्ने पैसा नकमाउञ्जेलसम्म  कहिल्यै गाउँ नफर्के बाचा गर्छन् | तर त्यो कहिले सम्भव हुने हो उनलाई पनि थाह छैन |

राजधानीमा बिष्णु दाइ अलपत्र छन् | कहाँ खाने ? कहाँ सुत्ने कुनै ठेगान छैन | चिने जानेको व्यक्ति कोही छैनन् | जेभए पनि बिष्णु दाइले हार खादैनन् | बिष्णु दाइले बाँच्नको लागि भए पनि काम खोज्छन् | उनले घर बनाउने ठाउँमा गिट्टी, बालुवा मुछ्ने काम सुरु गर्छन् | उनले सो ठाउँमा केही दिन काम गरिसकेपछि गिट्टी तथा बलुवा ढुवानी गर्ने ठेकेदारसम्म चिनजान हुन्छ | ती गिट्टी तथा बालुवा ढुवानी गर्ने ठेकेदारसम्म मिलेर गिट्टी, बालुवा, इट्टा तथा फलामका छडहरु ढुवानी गर्ने काममा संलग्न हुन्छन | जुन कामले बिष्णु दाइलाई खान र सुत्नको लागि समस्या भएको छैन | बिष्णु दाइ गाउँमा जन्मेका सोझा, इमान्दारी, शिक्षित तथा लगनशील भएकोले होला उनको सम्पर्क घर जग्गा दलाल तथा बिचौलियासम्म हुन्छ | उनले घर जग्गा खरिद बिक्रि तथा रियल स्टेड कम्पनि दर्ता गर्छन् | बिष्णु दाइले घर जग्गा कारोबारबाट टन्न पैसा कमाउन सफल हुन्छन भने घर जग्गा कारोबारबाट ब्यापारी, कानुन ब्याबसाय, राजनीतिककर्मी तथा राजधानीका धनाढ्य ब्याक्तिहरुसंग सम्पर्क हुन्छ | उनले यी ब्यापारी, कानुन ब्याबसाय, राजनीतिककर्मी तथा राजधानीका धनाढ्य ब्याक्तिहरुसंग बिचौलियाको काम गरेबापत उनलाई टन्न कमिशन आउछ | बिष्णु दाइलाई राजधानीमा पैसा टिप्न भ्याई नभ्याई छ | बिष्णु दाइ राजधानीमा पैसा टिप्दा टिप्दै आफु जन्मिएको घरमा जान भुलेका छन | उनको आमा बाबाको स्वर्गवास भएको खबर पाउदा पनि पैसा बटुल्ने लोभले गर्दा गाउँ फर्किएका थिएनन् | बिष्णु दाइको ललितपुर हाइटमा ठुलो कम्पाउण्डसहितको भब्य महल छ | राजधानीका थुप्रै सपिङ मल, क बर्गका बैंक, हाइड्रो तथा बिबिन्न क्षेत्रहरुमा लगानी छ | उनले नचिताएको सम्पति जोडिसकेका छन | राधिका भाउज्युसम्म पनि बैबाहिक सम्बन्ध गाँसिएको छ | तर राधिका भाउज्युको कोभिड १९ को संक्रमणबाट मृतु हुन्छ |

राधिका भाउज्युको मृतु पश्च्यात बिष्णु दाइलाई सम्पत्तिको लोभ छैन | जब राधिका भाउज्युको कोभिड १९ को संक्रमणबाट मृतु हुन्छ तब सम्पूर्ण सम्पति त्यागेर आफु जन्मेको गाउँमा गएर बसेका छन | बिष्णु दाइ गाउँमा गएपछि गाउँको गाउँलेहरुको लागि उदाहरण बनेका छन | कोरोनाको कारणबाट बैदेशिक रोजगारबाट फर्केका गाउँका युबकहरुको समुह बनाएर कृषि क्षेत्रमा सामुहिक लगानी गरेका छन | गाउँका युबकहरु बैदेशिक रोजगारमा गएको हुँदा गाउँका जमिनहरु बाँझो थिए | सोहि बाँझो जमिनमा छिट्टो नगद दिने तरकारी खेती शुरु गरेका छन | तरकारी खेतीहरुमा अकबरे खुर्सानी, गोलभेडा मुला, सलगम, गाजर, रायो इत्यादिको खेती गरेर मनग्ये आम्दानि गर्नुको साथै सुन्तला खेती, मौसमी खेती, टिमुर खेती पनि शुरुआत गर्दैछन | गाउँमा मासुको लागि आधुनिक तरिकाले कुखुरा पालन, खरायो पालन, बाख्रा पालन, भेडा पालन, भैसी पालन र चौरी पालन पनि शुरु गरिएको छ | बिष्णु दाइले पुर्ख्यौली पेशा घारमाहुरी पालनलाई  पनि जीवित  राख्दै आधुनिक तरिकाले माहुरी पालन पनि शुरु गरेका छन भने गाउँमा रहेका मठमन्दिरको मर्मत संहार दर्दै बुद्धको गुम्बा तथा बिहार पनि निर्माण गर्दै छन |

बिष्णु दाइको राजधानीको राधिका भाउज्यु स्वर्गबास भएपनि तिसबर्ष अघिको उनको गाउँकी प्रेमी राधिका भाउज्युसंग रमाइलोसंग दिन बिताएको देख्छु | बिष्णु दाइलाई राजधानीको कुहिएको चामल खानुभन्दा आफ्नै खेतमा फलेको चामल खान मिठो र स्वादिलो लाग्न थालेको छ | राजधानीको बिषाक्त तरकारी र फलफुल खानुभन्दा आफ्नै बारीमा फलाएको तरकारी र फलफुल खान ताजा र स्वादिलो लाग्न थालेको छ | राजधानीको सडेगलेको माछामासु खानुभन्दा आफ्नो गाउँमा आफैले हुर्काएको कुखुरा र जनवारको मासु खानु ताजा लाग्न थालेको छ | शरीरलाई खराब गर्ने चिनी खानुभन्दा आफ्नै आगनमा पालेको माहुरीको मह खान स्वादिलो लाग्न थालेको छ | राजधानीको फताह, गुण्डा, बिचौलिया, लोभी तथा पापी मान्छेहरु भन्दा गाउँका सोझा, इमान्दारी, बफादारी तथा लगनशील गाउँले इस्ट मित्रहरुनै प्यारो लाग्न थालेको छ | राजधानीमा रहंदा दुइ नम्बर धन्दा गरेर कमाएको सम्पत्ति, लगानी, सुन्दर महल भन्दा आफ्नै बाज्येले निर्माण गरेको गाउँको झुपडी प्यारो लाग्न थालेको छ |

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!