गुट उपगुट नचिनेरै अगाडि बढ्नुस्ः नेता गुरुङ

SHARE:

वालिङ, स्याङ्जा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसको भातृ संगठनका रुपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्तालाई गुट उपगुट नभनी अगाडि बढ्न आग्रह गरेका छन् ।

“तपाईँहरुले नेतृत्व गरेको संघसंगठन बलियो हुनुपर्छ”–स्याङ्जामा नेविसंघले शनिबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता गुरुङले भने, “संघसंगठन बलियो बनाउने र सबैको बनाउने हो भने शनिबार नै गुट उपगुट नभनेरै निरन्तर रचनात्मक कार्यहरुमा अगाडि बढ्नुहोस् ।”

पार्टीमा देखिएको गुट उपगुटलाई अन्त्य गरेर काँग्रेसलाई सबै अट्ने सिँगो पार्टी बनाउनु आजको आवश्यकता भएको नेता गुरुङको भनाइ थियो । पार्टीलाई माथिदेखि तल्लो तहसम्मनै सुधार गर्दै गएमा विजय टाढा नभएको दाबी गर्दै उनले भने, “एकपटक पराजित हुँदैमा आत्तिनुपर्ने अवस्था छैन ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!