नेपालमा २४ घन्टामा कोरोना : २४४० संक्रमित, ११३३ डिस्चार्ज र १९ जनाको मृत्यु

SHARE:

काठमाडौं असोज १९ । नेपालमा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा २४४० संक्रमित, ११३३ डिस्चार्ज र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ ।

मृतकको कूल संख्या ५५४, ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १५३१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन्

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!