नेपालमा २४ घन्टामा कोरोना : ३४ सय ३९ संक्रमित, १५ जनाको मृत्यु

SHARE:

काठमाडौं असोज २१ । नेपालमा पछिल्लो २४ घन्टामा ३४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए ।

संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार उपत्यकामा दुई महिला सहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंमा ६६ र ७२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै ४५ वर्षीय पुरुष, ५३ वर्षीय पुरुष, ६४ वर्षीय पुरुष र ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४६ वर्षीय, मोरङमा ४० र ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी चितवनमा ४६ वर्षीय, रुपन्देहीमा ५५ वर्षीय र नवलपरासीमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षीया महिला रोतहटमा ७२ र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार १२६ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ४८६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १४ हजार २०९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार १६४ जना रहेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!