मुलुकलाई निकास दिनका लागि पार्टी एकताः अध्यक्ष दाहाल

SHARE:

पोखरा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई निकास दिनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गरिएको बताएका छन् ।

नेकपा अन्नपूर्ण गाउँपालिकाद्वारा अध्यक्ष दाहालको जन्मथलो ढिकुरपोखरीमा शनिबार आयोजित सम्मान तथा स्वागत कार्यक्रममा उनले ठूलो पार्टीको लागि मात्र नभई मुलुक र जनताको समृद्धिका लागि एकता गरिएको स्पष्ट पारे ।

पार्टी एकताअघि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र आपूmले विगतका सात वर्षको नेपालको विकासको विश्लेषण गरेको जानकारी दिँदै अध्यक्ष दाहालले एकतालाई प्रदेश र संघ निर्वाचनको परिणामले समेत अनुमोदान गरेको बताए ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी, केन्द्रीय सदस्यद्वय खगराज अधिकारी र राजकाजी गुरुङ, नेता कृष्ण थापा र बखानसिंह गुरुङले पार्टी एकताले नेपाली जनतामा आएको उत्साहको भावनालाई बुझेर सरकारले काम गर्नु पर्नेमा जोड दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!