लन्डन २३ असोज । नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन यूकेले नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसँग समसामयिक विषयमा छलफल गर्दै छ ।
आइतबार (११ अक्टोबर) बिहान ११:३० बजे जूममार्फत आयोजना गरिने कार्यक्रमको विभिन्न मिडियाबाट फेसबुक लाइभ पनि गरिने आयोजकले जनाएको छ । कोभिड-१९ का कारण प्रभावित बेलायतस्थित नेपाली रेस्टुरेन्ट व्यवसाय हरुलाई ब्रिटिस सरकार ले उपलब्ध गराएका सहुलियतबारे जानकारी दिन पनि वेबिनर आयोजना गरिएको नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन यूकेले जनाएको छ ।
संस्थाका महासचिव शशिधर नेपालले “आतिथ्य उद्योगका वर्तमान चुनौती तथा अवसरहरु” (Hospitality Industry – Current Challenges and Opportunities ) विषयक छलफलबाट नेपाली व्यवसायीहरु लाभान्वित हुने आफुहरुले अपेक्षा गरेको बताए ।


