नेपालका पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

SHARE:

काठमाडौं असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिएका हुन् ।

गत सोमबार गरेको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि शुक्रबार राति हल्का ज्वरो आएपछि शनिबार बिहान गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागार्इँले जानकारी दिए ।

मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्री भट्टराईले आफ्नो कारणले कोही कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!