नेपालमा २४ घण्टामा कोरोना अपडेट : २६३८ संक्रमित, २१७४ डिस्चार्ज, १२ को मृत्यु

SHARE:

काठमाडौं असोज २८ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) का थप २६ सय ३८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएकोमा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको हो । बुधबार काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना रहेको छ ।

२ हजार १ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म देशभरी ८० हजार ९ सय ५३ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना भाइरस कोभिड १९ बाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!