बेलायतमा पूर्व सैनिकहरुलाई रेलकार्डको सुविधा दिइने

SHARE:

लन्डन असोज २९ । बेलायतमा पूर्वसैनिकहरुका लागि सहुलियत दरमा रेलकार्ड जारी गर्ने भएको छ ।

यहाँको सरकारले नोभेम्बर ५ नोभेम्बरदेखि यात्रा गर्न मिल्ने गरी रेलकार्ड जारी गर्न लागेको हो । यो योजनाबाट पूर्वगोरखा सैनिकहरुसहित करिब ८ लाख ३० हजार पूर्वबेलायती सैनिकहरु लाभान्वित हुनेछन् । रेलकार्ड बोक्ने पूर्व सैनिकहरुले रेलमा यात्रा गर्दा कम्तीमा भाडा दरमा एक तिहाई सहुलियत पाउने छ ।

कार्ड पाउन उमेरको कुनै बाधा बन्देज राखिएको छैन । कार्ड पाउन २१ पाउण्ड शुल्क लाग्ने यातायात मन्त्री ग्रान्ट साप्सले बताएका छन् ।

मार्च ३१ देखि भने सो शुल्क बढेर ३० पाउण्ड पुग्ने छ । एकैपटक तीन वर्षका लागि पनि सो रेलकार्ड लिन सकिने छ र त्यसका लागि ६१ पाउण्ड शुल्क तोकिएको छ । यो छुट मार्चसम्म मात्र कायम रहने छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!