राजेश हमालको नृत्यमा लोकदोहोरी गीत ‘मञ्जरी’

SHARE:

काठमाडौं । अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक÷स्रोताले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज आठ लाख नाघेको छ ।

गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक÷मोडल प्रकाश सपूतको नृत्य÷अभिनय छ । गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वर रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको थियो । गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ । बागलुङ घर भई हाल अमेरिकामा रहनुभएका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।

गीतको उत्पादक बागलुङकै प्रकाश जिसी हुनुहुन्छ । उहाँ पनि अहिले अमेरिकामा बस्नुहुन्छ । गीतमा पाँच लाखबढी लगानी भएको जनाइएको छ । गायिका घर्ती, मोडल सपूत र निर्देशक बब्लुको पनि जन्मथलो बागलुङ हो । गायक पराजुली भने स्याङ्जाका हुन् ।

गीतले माया/प्रेमको विषय उठान गरेको छ । केटा र केटी पक्षको रमाइलो सवालजवाफ छ । साँस्कृतिक कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित अभिनेता हमाल छमछमी नाचेको दृश्य भिडियोमा हेर्दा रोचक लाग्छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!