नेपालमा कोरोना : २४ घण्टामा ३ हजार ६ सय ३७ जना संक्रमित, २१ को मृत्यु

SHARE:

काठमाडौं कात्तिक ६ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रायलयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ले पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । यस्तै हालसम्मको कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म कोभिड १९ संक्रमण मुक्त हुनेहरुको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २ य ५५ जनाको पीसीआर परीक्षण भएको छ । आजसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!