कोरोना महामारिको पोलिटिसाइज

SHARE:

– गणेश पुन
विश्व कोरोनामय भएको छ । सारा मिडिया हरेक दिन कोरोनाकै समाचारले भरिएका छन् । कोरोना महामारीका समाचार जति पढ्दै र सुन्दै गयो उति यस्का नयाँ नयाँ क्षितिजहरु अझ दिन प्रतिदिन देखापर्दै गइरहेको होकिजस्तो आभास हुन्छ ।

ब्रिटेनमा सम्बन्धित विशेषज्ञहरुले यो महामारीको दोस्रो लहर आउन सक्ने अनुमानसँगै सरकारलाई यसबारे पहिलै सुझाव दिइसकेका थिए । हाल उत्तरी इंग्ल्यान्ड खासगरि Liverpool city वरपर क्षेत्रमा संक्रमित संख्या (सरकारी रिपोर्टको सूचना /विवरण अनुसार) तीव्र रूपमा बढ़दै गएको संकेत देखाएपछि सरकारले त्यहाँ विशेषगरि -pub-bar, gym, casino (जुवाघर ) आदिजस्ता आतिथ्य प्रदाय क्षेत्रहरुको (hospitality sector) संचालनमा प्रतिबन्ध लगाएकोछ । संक्रमण अवस्था र यस्को गम्भिरताका आधारमा हालै सरकारले इंग्ल्यान्डका लागि ‘तीन तहगत प्रणाली’(three tiers system) Covid प्रतिबन्धहरु जारी गर्‍यो र जसअन्तर्गत : मध्यम, उच्च र अति उच्च गरी तीन श्रेणीमा वर्गीकृत छन् । फेरि अर्कों संभावित राष्ट्रव्यापी निषेधाज्ञा ( lockdown) बाट बच्‍न यो प्रतिबन्ध लागू गर्नुपरेको सरकारले दाबी गरे पनि यी प्रतिबन्ध सम्बन्धी नियमहरु अत्यन्त जटिल, अस्पष्ट र आफैंमा बाझिएका छन् जस्लाई सजिलै बुझ्न र व्याख्या गर्न त्यति सहज छैन ।

यतिखेर कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्र भनिएको Northern England का क्षेत्रीय तथा नगर प्रमुखहरु सरकारको यो निर्णयबाट सन्तुष्ट छैनन् । साथै त्यहाँका अधिकांश जनताहरु यो प्रतिबन्धका कारण क्रुद्द हुनु र चिढिनुले ढिलो चाँडो सरकारले विरोधको सामना गर्नुपर्ने संभावना धेरै देखिन्छ । Covid lockdown र यस्को प्रतिबन्धका नियमसम्बन्धी सरकारभित्र र बाहिर व्यापक रुपमा तर्क-बहस निरन्तर जारी छ र यस्कै कारण संसद्, सरकार र जनताका मत र बिचारहरु विभाजित छन् ।

अधिकांशको बुझाई हो – ‘lockdown’ आर्थिक, सामाजिक, सार्वजनिक स्वास्थ्य र मानसिक स्वास्थ्यका दृष्टिले यो कोरोना जीवाणुभन्दा धेरै गुनाले घातक र प्रतियोत्पादक छ ।

यसैगरी Covid-19 ले ब्रिटेनमात्र होइन विश्व समुदाय नै यतिखेर विभाजित अवस्थामा देखिन्छ -नगर, सहश, गाउँ, टोल-छिमेक सबैतर्फ विभाजित छन् । यो महामारीसँग जुध्न र lockdownको विकल्पलाई पहिल्याउन विश्व समुदायले ऐक्यबद्ध सोंच र प्रयासलाई जुटाउनुको साटो -को पहिला ‘कोरोना खोप’निकाल्ने भन्ने दौड़को प्रतिस्पर्धामा शक्ति सम्पन राष्ट्रहरु अल्झिएको प्रष्ट भयो । आ-आफ्ना आजीविका चलाई बाँच्ने वा काम गरिखाने वर्गलाई शान्त वा वशीभूत बनाई राख्न पनि सरकार /सत्तालाई यो lockdown सहज माध्यम बनेको होकि झैं प्रतीत हुन्छ ।

अपवाद नै भनौं- यूरोपमा Covid संक्रमण शुरू भएदेखि नै स्वीडनले ‘lockdown’ प्रतिबन्धबिनै निरन्तर सामान्य जीवनशैली अप्नायो । सरकारले आफ्नो नागरिकलाई मास्क लगाउन बाध्य बनाएन । यद्यपि यति खुकुलो नीति लाग़ू गरेर पनि स्वीडनको मृत्यु संख्या अन्य lockdown लागू गर्ने मुलुकको अनुपातमा कम देखियो । नागरिकका आफ़्नै सुझबुझ र सामुदायिक सु-संगठनले सरकारलाई सहज बन्न मद्दत पूर्‍याएको यो उदाहरण यूरोपभरि प्रशंसित छ ।

यो ‘कोविद जीवाणु र यस्को खोपका सम्बन्धमा दिमाख चक्कराउने अनेक तर्क-वितर्कहरुले पनि विश्व विभाजित भएको तथ्यलाई पुष्टि गर्दछ । यो जीवाणुप्रति सन्देह राख्ने केही समूहले Covid-१९ एक ‘होक्स’ वा छल / झूठ को संज्ञा दिएर प्रचारमा उद्दत भएको देखिन्छन् । धेरै लामो समय यो स्थिति थेग्न कसैलाई सम्भव छैन तसर्थ हाम्रो ठूलो आशा यो महामारीको प्रभावशाली खोप नै हो जस्ले यो खेल वा नियतिबाट सबैलाई मुक्ति मिल्ने छ । हामी खोप सम्बन्धी आशाका कुरा गर्छौं तर विडम्बना- हाम्रो मगज छुने केही खोपविरोधी (Anti-vaxxer) समूह पनि अस्तित्वमा छन् जसद्वारा यो खोप विरुद्ध अभियान निरन्तर चलाउँदै आएका छन् र तिनका आफ़्नै अनेक दाबी र तर्क छन् ।

नोभेम्बर ३ को राष्ट्रपतीय चुनावका लागि राष्ट्रपति ट्रम्प र जो बाइडनबीच अमेरिकी राज्यहरुमा चुनावी डबली चलिरहेको छ । राष्ट्रपति ट्रम्प कोरोना संक्रमित हुन अघिको टेली बहसमा प्रतिद्वन्द्वी जो बाइडनलाई गिज्याउने/खिल्ली उडाउने शैलीको हास्यास्पद प्रस्तुति र राष्ट्रपति ट्रम्पको अपरिपक्क व्यवहार अनि शैली अमेरीकी मतदाताहरुका लागि आलोच्य रह्यो । बाइडन मास्क धारण समर्थक र राष्ट्रपति ट्रम्प मास्क धारण बिरुद्धको लड़ाइँमा उत्रिएजस्तो गरी परस्तु हुनुले यो पल्टको अमेरिकी राष्ट्रपतीय चुनाव मास्क लगाउने वा नलगाउनेबीचकै चुनाबी अभियानजस्तो देखियो यद्यपि अमेरिकी प्रजातन्त्रमा यो नितान्त सामान्य प्रदर्शन हो मान्नुपर्छ ।

टिभी बहसलगत्तै राष्ट्रपति ट्रम्प कोविद संक्रमित बनेर अस्पताल भर्ना भए । डाक्टरहरुले उनको उपचारका लागि मिश्रित ड्रग भनिएका केही थरी अपुष्ट औषधिहरु दिएर प्रयोग गरिहेरे । राष्ट्रपति अस्पताल पूरै दिन नै नबसी बाहिर निस्के, आफ़्ना समर्थकहरुका लागि चुनावी अभियानको भाषण दिन अहिले सक्षम बनिसकेका छन् । छोटो समयभित्र उनका अनौठा गतिविधिहरुले अनेक प्रश्नहरु उब्जाएका छन् । कि यी छक्क पार्ने हर्कतहरु उनी पुन: राष्ट्रपति नियुक्ति हुने संकेत हो या जो बाइडनका लागि white house को ढोका खुल्ला भइसकेको संकेत हो ? यो पूरा भेउ पाउन अझ केहीदिन पर्खनै पर्छ । तर यत्ति भन्न सकिन्छ कि प्रतिद्वन्द्वी बाइडनको white house प्रवेशपछि ब्रिटेनले दुई देशबीचको कूटनैतिक एवं रणनैतिक सन्तुलन राख्न कुन कुन पात्रहरु उपयुक्त होलान् भनि त्यस्का लागि डाउनिङ स्ट्रीटमा अहिले सघन गृहकार्य भइरहेको चाहिँ हुनसक्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!