बेलायत आउन चाहने आप्रवासी कामदारका लागि झन् सजिलो

SHARE:

लन्डन कात्तिक १० । बेलायत सरकारले यहाँ आउन इच्छुक आप्रवासी कामदारहरुका लागि नियममा झन् सजिलो पारेको छ ।

गृह मन्त्रालयले ‘प्वाइन्ट वेस्ट सिस्टम’ बाट यूके आउन चाहने कामदारहरुका लागि तोकिएको न्यूनतम तलबको थ्रेसहोल्ड ३० प्रतिशतले घटाएको छ । यसअघि वार्षिक तलवको थ्रेसहोल्ड ३५ हजार ८०० पाउण्ड तोकिएकोमा संशोधित व्यवस्थामा २५ हजार ६०० मा झारिएको छ । नयाँ नियम यही डिसेम्बर १ देखि लागू हुँदैछ ।

सरकारले लागू गर्न लागेको अष्ट्रेलियन खालको प्वाइन्टमा आधारित आप्रवासन नीतिअनुसार नम्बर पुगेका आप्रवासीहरुले अब २० हजार ४८० पाउण्ड वार्षिक तलबकै काममा पनि बेलायत प्रवेश गर्न पाउने छन् र त्यसको ६ वर्षमै बेलायतको नागरिकता आवेदन गर्न पाउने छन् ।

एमनेष्टी इन्टरन्याशल युकेले भने सरकारले परिवर्तन गरेको नियमले पहिल्यैदेखि फाइदा पाइरहेका वर्गलाई मात्र मद्दत पुग्ने प्रतिक्रिया दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!