ह्यारी गुरुङको नेतृत्वमा हङकङ नेपाली मञ्‍च यूकेमा नयाँ कार्यसमिति

SHARE:

लन्डन कात्तिक १६ । हङकङ नेपाली मञ्‍च यूकेको अध्यक्षमा ह्यारी गुरुङ निर्वाचित भएका छन् ।
भर्चुअल माध्यमबाट शनिबार भएको अधिवेशनबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि मञ्‍चको उपाध्यक्ष थिए ।

एनआरएनए यूकेका खेलकुद विभाग प्रमुख उनी साउथ इष्ट रिजनल तमुधिं लन्डन, यूके नेपाल फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस, बुद्ध फाउन्डेसन लगायत थुप्रै सामाजिक संघसंस्थाभित्र पनि महत्वपूर्ण जिम्मेवारीमा छन् ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष जगत गुरुङ, थान कुमान लिम्बू, अर्जुन शाही सचिव, ओमदेवी गुरुङ कोषाध्यक्ष र सरु घले सहकोषाध्यक्ष चुनिएका छन् । सदस्यहरुमा प्रेम गुरुङ, इन्द्रकुमारी गुरुङ, ध्रुव दत्त, विवेक शाही, विरेन्द्र गुरुङ, ब्रिटेन गुरुङ छन् ।

महासचिव र थप सदस्य पछि मनोनित गरिनेछ । एकेन्द्र गुरुङको संयोजकत्वमा पूर्व अध्यक्षद्वय प्रेम गुरुङ र ओम गुरुङ सम्मिलित निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रक्रिया सञ्चालन गरेको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । मञ्‍च सन् २००९ मा स्थापना भएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!