पर्वत वेलफेयर सोसाइटी यूकेको साधारणसभा नोभेम्बर ८ मा

SHARE:

लन्डन कात्तिक १६ । पर्वत वेलफेयर सोसाइटी यूकेको साधारणसभा नोभेम्बर ८ तारिकमा हुने भएको छ ।

पर्वत जिल्लाबाट यूकेमा बसोबास गर्ने पर्वतेहरुको एकता, कल्याण र पर्वत जिल्लाको विकासका लागि योगदान पुर्‍याउन क्रियाशील कल्याणकारी सामाजिक संस्था पर्वत वेलफेयर सोसाइटी यूकेको ७ अक्टोबरमा सम्पन्न बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको हो ।

कोभिड १९ कोरोना भाइरसको कहर भए पनि संस्थागत जीवन पद्धतिलाई जीवन्त र क्रियाशील बनाउन साधारणसभा तथा अधिवेशन भर्चुअल माध्यमबाट गर्ने निर्णय गरिएको सोसाइटीका अध्यक्ष नेत्र आले जानकारी दिए । उक्त बैठकले आगामी नेतृत्व चयनका लागि तीन सदस्यीय निर्वाचन समति समेत गठन गरिएको छ ।

निर्वाचन समितिमा सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङ, निवर्तमान अध्यक्ष दधि आचार्य र सल्लाहकार धन बहादुर थापामागर रहेको अध्यक्ष आलेले बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!