काठमाडौं कात्तिक १९ । गीतकार भरत लोहोरूङ राईको शब्द, रचना भएको गीत ‘बिहानीको झुल्के घाम झैं’ यही शनिबार अक्टुबर ३१ तारिख़ ‘रामशोभा यूट्यूब च्यानल’ बेलायतद्वारा सार्वजनिक ग़रिएको छ ।
ड़ीआर अटुको संगीत रहेको उक्त गीतमा स्वरूपराज आचार्य र दीपा लामाको स्वर अनि राजू कार्क़ीको एरेन्ज रहेको छ । बेलायती नेपाली डायस्पोरामा चर्चा कमाईरहेकी मोडेल सिर्जना निङलेखु र मण्डल थेबेको मुख्य अभिनय रहेको यो म्यूज़िक भिडियोको निर्देशन सुल्तान ईडीङगोले गरेका छन् भने निर्माता रामशोभा राईले लगानी गरेका छन्।
बेलायतको केण्ट र वेल्सका विभिन्न स्थानहरूमा छायांकन गरिएको म्यूज़िक भिड़ियोमा सैनिक जीवनका पलहरुलाई समेटने प्रयास गरिएको जानकारी गीतकार भरत लोहोरूङ राईले दिएका छन् ।
किंग्स रेकार्डिंग स्टुडियोमा रेकर्ड गरिएको यस गीतका रेकार्डिस्ट सुरेश राई हुन् भने अंग्रेज़ी सबटाइटल सेमन्त राईको रहेको छ ।


