फार्नबोरो कात्तिक २१ । बेलायतमा बिहीबार, ५ अक्टोबर २०२० बाट चार हप्ताका लागि दोस्रो लकडाउन सुरु भएको छ । जसकारण व्यापार व्यवसायलाई ठूलो मर्का पर्ने निश्चित छ । तर पीपल मोर्गेजेज र स्टेट ऐजेन्ट्सको सेवा भने निरन्तर रहने कम्पनीका डाइरेक्टर सूर्यप्रकाश गुरुङलाई बताए ।
‘धेरै व्यवसायहरु बन्द रहे तापनि घर किनबेच चालु रहने भएकाले यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । सुरक्षा उपाय नितान्त आवश्यक भएको बेला सबै ग्राहक र वरपरका महानुभावहरुलाई सुरक्षित रहनु अनुरोध गर्दछौं,’ डाइरेक्टर गुरुङले भने ।
उनले थपे, ‘अनिश्चित समयमा पनि ग्राहकहरुलाई सेवा गर्ने द्दढ इच्छा छ । विभिन्न विश्वसनीय स्रोतहरुबाट दिशानिर्देशहरु र योजनाहरुको साथ जसरी लकडाउन पहिले सेवा पुर्याएका थियौं । त्यसरी नै सेवा दिने प्रण गर्दछौं ।’
कोरोना भाइरस संक्रमण वृद्धि तीव्र हुँदै गएपछि नियन्त्रण प्रयासस्वरुप कात्तिक १५ मा बेलायतमा एक महिना लामो लकडाउन घोषणा भएको छ । बेलायतमा दोस्रोपटक राष्ट्रव्यापी घोषणा भएको लकडाउन डिसेम्बर २ सम्म कायम रहनेछ ।
ब्रिटिस सरकारले गत २३ मार्चमा पहिलो लकडाउन घोषणा गरेको थियो । प्रधानमन्त्री जोन्सनले आ आफ्नो घरमै बसेर राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र मानिसहरुको ज्यान बचाउन अपिल गरेका थिए ।
कात्तिक २१ नोभेम्बर ६ बिहानसम्म बेलायतमा कोभिड-१९ संक्रमित संख्या ११ लाख १६ हजार ४६९ पुगेको छ । पछिल्लो समयमा दैनिक संक्रमित र मृत्युदर दर बढिरहेको छ ।
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४८ हजार २ सय १० पुगेको छ । जुन युरोपमै सबैभन्दा बढी हो ।


