बेलायतमा हिमालयन योगा एण्ड रेकी मेडिटेसन स्टुडियो उद्घाटन

SHARE:

नगेन्द्र नेम्वाङ

अल्डरसट कात्तिक २४ । बेलायतमा गत आइतबार ८ नोभेम्बरका दिन हिमालयन योगा एण्ड रेकी मेडिटेसन स्टुडियो (Himalayan Yoga & Reiki Meditation Studio) उद्घाटन गरिएको छ ।

मगर संघ यूकेका पूर्वअध्यक्ष तथा एभरेस्ट टाइम्स यूकेका अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा र योग प्रशिक्षक नगेन्द्र नेम्वाङले रिबन काटेर हिमालयन योगा एण्ड रेकी मेडिटेसन स्टुडियो यूके सुरु भएको घोषणा गरे । त्यसअघि अध्यक्ष थापा र योग प्रशिक्षकले औपचारिक कार्यक्रमको दीप प्रज्ज्वलन गरेका थिए ।

जुम माध्यमबाट आयोजित मेडिटेसन उद्घाटनका क्रममा सहभागी विशिष्ट व्यक्तिहरुले ताली बजाइ सम्मान प्रकट गरे । उद्घाटन कार्यक्रमको सुरुआत रेमेम्बरेन्स day Sunday को पावन अवसरमा पहिलो र दोस्रो विश्व युद्धदेखि अहिलेसम्म इराक, अफगानिस्तान, कोसोभो, बोस्निया हर्ज गोभिनामा वीरगति प्राप्त दिवंगत आत्मालगायत कोरोना महामारीमा ज्यान गुमाउने भूपू गोर्खा सैनिकहरुको सम्मान र सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबै व्यक्तिहरुले योग, ध्यान अहिलेको आवश्यकता भएको र यसबाट सबै मानिसहरुले लाभ लिन सकुन् भन्दै सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा जनजाति महासंघ यूकेका अध्यक्ष जंग सुनुवारले मनोक्रान्तिबाट धेरै कुराहरु सिक्न सकिने बताए । जनजाति महासंघ यूकेका पूर्वअध्यक्ष सिरी लिम्बुले हिमालयन योगको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो तर्फबाट कुनै किसिमको सहयोग गर्नु परेमा सधैं तत्पर रहने बताए ।

हिमालयन योगा सेन्टर सञ्‍चालक योग प्रशिक्षक नगेन्द्रराज नेम्वाङले योग, ध्यानबाट ढाड दुखाइ, कम्मर, घुँडा दुखाइ, अपच, अनिद्रा, अरुचि, अल्छीपन, मोटोपन, टाउको दुखाइ, चक्कर लाग्ने, मानसिक डर, त्रास, चिन्ता, बेचैनी हुनबाट सधैंका लागि मुक्त हुन सकिने बताए ।

मनोक्रान्ति प्रणेता डा योगी विकाशानन्दद्वारा उत्पादित मनोक्रान्ति दर्शन विगत २० वर्षसम्म अध्ययन गरी प्राप्त ज्ञानलाई जनमानसमा सम्प्रेषण गर्ने पनि नेम्वाङले बताए । योग सेन्टरबाट सिक्न सकिने, योग सिकेर स्वस्थ रहने रेकी, दीक्षा लिएर रेकी हिलर बनी आफू र परिवारलाई रेकी हिलिङ गरी उपचार गर्न सकिने, योग प्रशिक्षक तालिम गरी इन्टरनेशनल मान्यता प्राप्त प्रमाण पत्र पनि लिन सकिने नेम्वाङले बताए ।

कार्यक्रममा जनजाति महासंघ यूकेका अध्यक्ष जंग सुनुवार, जनजाति महासंघ यूके पूर्वअध्यक्ष तथा समाजसेवी सिरी लिम्बु, मगर संघ यूकेका पूर्वअध्यक्ष तथा ग्रेटर रसमुर नेपाली समाजका वरिष्ठ उपाध्यक्ष नेम थापा, तमु धिं यूकेका पूर्वअध्यक्ष तथा पोखरा ट्राभल्सका डाइरेक्टर ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गीमगर, तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, किरात याक्थुङ चुम्लुङ रसमुर शाखाका अध्यक्ष भगिश्‍वरर चोङबाङ लिम्बु, किरात याक्थुङ चुम्लुङ शाखाका पूर्वअध्यक्ष जीतप्रकाश मेन्याङ्बो सहभागी थिए ।

त्यस्तै पाँचथर समाजसेवा यूकेका पूर्वअध्यक्ष चन्द्र सुन्दास, मगर संघ युनाइटेड हाम्पसायर शाखाका अध्यक्ष हेमा राना, मिलिजुली उपन्यास लेखिका शान्ति खिम्दिङ सेलिङङ्ग, समाजसेवी MC Captain काजीमान लिम्बु, ड्राइभिङ्ग इन्स्ट्रक्टर क्याप्टेन रिटायर्ड ताम ढेंगा, यती एशोसिएसनका पूर्वअध्यक्ष उमेश मोक्तान, ड्राइभिङ एशोसिएसन यूकेका महासचिव होमराज विष्ट, ड्राइभिङ्ग इन्ट्रक्टरहरु तेज पुन, रामचन्द्र गुरुङ, गोपबहादुर मगर, समाजसेवी खड्गजंग आङ्बुहाङ्ग, वेलफेयर अफिसर क्याप्टेन महेन्द्र लिम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके) का अध्यक्ष प्रमिला लाबुङ राई, पूर्व महासचिव जमुना पुन, शान्ता तामाङ, गुरुमा यशोदा राई गौतमको उपस्थिति रहेको थियो ।

पूर्वगोर्खा मेजर कुलबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ राईले सञ्‍चालन गरेकी थिइन् भने Mouse Tail Services का डाइरेक्टर मान गुरुङले जुम प्रविधि सञ्‍चालन गरेर सहयोग पुर्‍याएका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!