नेपालमा कोरोना संक्रमित २ लाख नाघ्यो, २४ घण्टामा थप २ हजार ५६९ जनामा संक्रमण

SHARE:

काठमाडौं कात्तिक २६ । पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७४ हजार २९५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १७७ पीसीआर परीक्षण भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १०९ जना रहेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!