नेपाली दूतावास लन्डनमा ‘नेपाल विकास सम्मेलन’

SHARE:

लन्डन मंसिर ९ । नेपाली दूतावास लन्डनमा ‘नेपाल विकास सम्मेलन’ सम्पन्‍न भएको छ ।

ब्रह्माण्ड इन्भेस्टमेन्ट ग्रुपसँगको सहकार्यमा सोमबार मंसिर ८ गते (२२ नोभेम्बर २०२०) मा नेपाल विकास सम्मेलन (Nepal Development Conference-Investment Opportunities in Hydropower and education Sectors of Nepal) को आयोजना गरिएको हो । संयुक्त अधिराज्य,आयरल्याण्ड तथा माल्टाका लगानीकर्ता, व्यवसायी एवं गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानीका अवसरहरु सम्बन्धी जानकारी प्रदान गर्ने एवं लगानीका लागि उत्प्रेरित गर्ने मुख्य उद्देश्यसहित सम्मेलन गरिएको हो ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न सम्मेलनमा ब्रिटेन-नेपाल सोसाइटीका सभापति तथा नेपालका लागि पूर्वबेलायती राजदूत एन्ड्रिउ स्पार्क्स, आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष भिन्सेन्ट ब्यारी र माल्टा-नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष टोमस मिकालौकासले विशेष अतिथिका रुपमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मलेनको उद्घाटन गर्दै राजदूत डा. सुवेदीले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टामा रहेका गैरआवासीय नेपालीहरुले उर्जा,पूर्वाधार विकास, शिक्षा स्वास्थ्य लगायत नेपालका विविध क्षेत्रमा लगानीका अवसरहरु सिर्जना गरी नेपालको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरे । महामहिम डा. सुवेदीले संयुक्त अधिराज्यमा गठित यूके-नेपाल व्यापार तथा लगानी मञ्च, आयरल्याण्ड-नेपाल चेम्बर अफ कमर्श र माल्टा-नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी बढाउन निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गरे ।

नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर रोशन खनालले नेपाल सरकारको दृष्टिकोणबाट नेपालमा लगानीका अवसरहरुका बारेमा कार्पत्र प्रस्तुत गर्दै वैदेशिक लगानीका सन्दर्भमा नेपालको वर्तमान ऐन तथा कानूनी व्यवस्थाहरु, लगानीका क्षेत्र एवं अवसरहरुका बारेमा जानकारी दिएका थिए । यूके-नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष तथा ब्रम्हाण्ड इन्भेस्टमेन्ट ग्रुपका अध्यक्ष पृथ्वीराज राईले नेपालमा जलविद्युत् क्षेत्रमा लगानीको संभाव्यताको बारेमा चर्चा गर्दै व्रिटिश सेनाका पूर्व तथा बहालवाला गोर्खा सैनिकहरुको लगानीमा स्थापित ब्रम्हाण्ड इन्भेस्टमेन्ट ग्रुपले लगानी गरेका जलविद्युत् आयोजनाहरुको बारेमा प्रस्तुति दिए ।

त्यसैगरी, गोर्खा ग्रुपका प्रमुख कार्यकारी अधिकृत हरि बुढा मगरले नेपालको शिक्षा क्षेत्रमा बेलायतमा रहेका गोर्खा सैनिकहरुको लगानी र आगामी दिनमा गोर्खा ग्रुपले नेपालको शैक्षिक उत्थानका लागि तयार गरेको आफ्नो योजनाका बारेमा प्रस्तुति दिए ।

सम्मेलनमा गोर्खा ग्रुपको तर्फबाट अध्यक्ष मानबहादुर बुढा मगरले धन्यवाद ज्ञापन गरेका थिए । सम्मेलनको समापन गर्दै राजदूत डा. सुवेदीले नेपालको लगानी अभिबृद्विको क्षेत्रमा सम्मेलनमा प्रस्तुत भएका विचारहरुले सकारात्मक वातावरण निर्माण गर्न भूमिका खेल्ने भन्दै विदेशमा रहेका नेपाली डायस्पोराहरुलाई अझ उत्साहित भएर लगानी गर्न आव्हान गरे ।

सम्मेलनको संचालन राजदूतावासकी उपनियोग प्रमुख/काउन्सेलर रोशन खनालले गरेको नेपाली राजदूतावास लन्डनले विज्ञप्तिमार्फत जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!