वातावरण साहित्य गोष्ठी सम्पन्न, लाँलीगुराँस फूल सभापति, सुसेली विमोचित र चेम्जोङ उत्कृष्ट

SHARE:

विश्वासदीप तिगेला
लन्डन । लन्डनको चाल्टनस्थित बृहत् वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । युकेमा रहेका विभिन्न १४ वटा साहित्यिक संघसस्थाहरुको संयुक्त आयोजनामा गत ३ जुनका दिन तेस्रो बृहत् साहित्य गोष्ठी आयोजना गरिएको हो । प्रमुख अतिथि तथा युकेका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी र नेपालबाट आएका अतिथि गीतकार भावेश भुमरीद्वारा कार्यक्रमको सभापति बनाइएको गमलाको लाँलीगुराँस फूलमा सिंचन गरी उद्घाटन गरे ।

गोष्ठीको पहिलो चरणमा अघिल्ला वर्षहरुमा वाचित तथा पुरस्कृत वातावरणसम्बन्धी १०४ वटा कविताहरु संग्रहित ‘स्वच्छन्द सुसेली’ कृतिको विमोचन प्रमुख अतिथि सुवेदीलगायत अतिथिले सामूहिक रुपमा विमोचन गरे । कृतिका बारेमा विनोद अधिकारी र विश्वासदीप तिगेलाले समीक्षा गरे ।

त्यस्तैगरी अतिथि भुमरीलाई प्रमुख अतिथिले खादा ओढाई सम्मान गरेका थिए । भुमरीले आफूलाई सम्मान गरेको र युकेमा निम्ता गरेकोमा आभार व्यक्त गर्दै आफ्नो गीति यात्राको बारेमा बोलेका थिए । आफू स्वयं पनि वातावरण साहित्य पत्रकार संघ वि.सं. ३०३९ ताका खोली नेतृत्व गरेको स्मरण गर्दै प्रमुख अतिथि सुवेदीले वातावरण साहित्यको ठूलो महत्व रहेको बताए । उनले वातावरण साहित्यका अभियन्ता विजय हितानलाई खादा ओढाई सम्मान पनि गरे । यस्ताखाले साहित्यिक गोष्ठीले महत्वपूर्ण योगदान पुग्ने विचार राख्दै आगामी १२ अगस्टका दिन युकेको साहित्यिक पवित्रभूमि क्यान्टवरी यूनिभर्सिटीमा हुन लागेको ‘विश्व नेपाली साहित्य सम्मेलन’को निम्ति सबैले सहयोग गर्न पनि पनि आग्रह गरे । सम्मेलन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले गर्न लागेका हुन् ।

दोस्रो चरणको कार्यक्रममा ३८ जना कवि तथा कवियित्रीहरुले वातावरणसम्बन्धी कविताहरु वाचन गरे । वाचन श्रृंखला सुरु अगावै ४ मिनेटमा सिर्जना वाचन सिध्याउनु पर्ने, सम्बोधन गर्न नपाइने, मोबाइल फोन बन्द गर्नुपर्ने, टोकन नम्बर लिएअनुसार वाचनको पालो आउनेजस्ता आचारसंहिता लागु गरिएको थियो ।

साहित्यकार तथा नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरेको मुख्य मूल्याङ्कन मण्डलले लाहाङ चेम्जोङ (चन्द्र गोपाल चेम्जोङ)लाई उत्कृष्ट कविको रुपमा घोषणा गर्दै विगतका वर्षहरुमा झै सभापति मानिएको गमलाको राष्ट्रिय फूल लाँलीगुराँस उत्कृष्ट कवि चेम्जोङलाई पुरस्कार स्वरुप प्रमाणपत्रसहित प्रदान गरिएको थियो । कवि चेम्जोङले म नीलो बग्न चाहन्छु शीर्षकको कविता वाचन गरेका थिए ।

प्रतियोगी र अप्रतियोगी दुवैप्रकारका कविताहरु वाचन गरिएका थिए । दुर्गाप्रशाद पोख्रेल, जानुका राई, भुपेन्द्र घिमिरे, राजेन्द्र खस, दलबहादुर बुढाथोकी, सन्तोष कार्की, सन्जिता देउजा, होम सुनुवार, गोमा राना, गोपाल शाही, बिश्वकाजी राई, मोहन आचार्य जलद, डम्बरसिंह प्रयास, दुत पुन ‘चिम्खोले काइँला’, सुरेशजङ शाह, निर्मला न्यौपाने, प्रतिमा केसी, विनोद अधिकारी, विश्वासदीप तिगेला, नानु राना, जानु काम्बाङ, लालसुन्दर राई, भोजराज बराल, घनबहादुर थापा, भावेश भुमरी, कृष्ण बजगाई, वासु शर्मा, मन्जु भण्डारी, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, देवी आले, लाहाङ चेम्जोङ, सेमन्त राई, कोमल श्रेष्ठ मल्ल, तारा भट्टराई, गोकुल भण्डारी, मोती भण्डारी, रेशम अर्याललगायतले सिर्जना वाचन गरेका थिए ।
नेपाली साहित्य विकास परिषद्, प्रवासी नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली प्रतिभा प्रतिष्ठान, अन्तर्राष्ट्रिय वाङमय प्रतिभा प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, एनआरएन भाषा तथा साहित्य विभाग, साहित्य चौतारी, साहित्य संगम, समकालिन साहित्य प्रतिष्ठान, नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ, वेष्ट युके शाखाको सहआयोजना तथा विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाको प्रमुख आयोजनामा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा सबै आयोजक संस्थाका अध्यक्षहरुलाई आशनग्रहण गराइएको थियो ।

वातावरण साहित्यका अभियन्ता विजय हितानको मुख्य सक्रियतामा सुरु गरिएको कार्यक्रमको यसवर्ष तेस्रो संस्करण हो । हितानको अगुवाईमा सन् २००९ देखि निसरन्तर वातावरणसम्बन्धी कार्यक्रमहरु नियमित हुँदै आएका थिए भने युकेका सम्पूर्ण साहित्यिक संस्थाहरुलाई समेटेर बृहत् रुपबाट सन् २०१६ बाट सुरु भएको हो ।

साहित्यिक क्षेत्रमा सबै संस्थाहरुको अस्थित्व स्वीकार गरेर सँगसँगै अगाडि बढ्दा सबैको कल्याण हुने भएकोले संयुक्त कार्यक्रम गरिएको विचार हितानले व्यक्त गरे । हितान विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाका पूर्वअध्यक्ष तथा हाल संरक्षक हुन् । उनले सहयोगी संस्थाहरु एभरेष्ट टाइम्स, वीजीडब्लूएस रेडियो र बिएफबिएस गोर्खा रेडियोलगायत हल उपलब्ध गराउने पत्त थापा, चिया बिस्कुटको सौजन्य गर्ने मञ्जु भण्डारी, साउन्ड सिस्टमका सौजन्यकर्तालगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमलाई साहित्यकार लक्ष्मी राई (लारा) र हितान स्वयंले सञ्चालन गरेका थिए । अन्तमा अभियन्ता हितानले आगामी १२ अगस्टका दिन सम्पन्न हुने विश्व नेपाली साहित्य सम्मेलनको निम्ति दोहो¥याउँदै कार्यक्रम समाप्त भएको जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!