कोरोनाबाट पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन

SHARE:

काठमाडौं मंसिर २५ । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहीबार बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।

नेकपाका केन्द्रीय सदस्य कमान सिंह लामाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ । २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाको कोखबाट जन्मिएका थिए लामा । २०३३ सालमा निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा पुष्पकलम दाहाल प्रचण्ड नेतृत्वको अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य भएका थिए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा थिए । जुझारु बौद्धिक व्यक्तित्वका धनी लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु छन् ।

यसैबीच नेता लामाको निधनमा सभामुख लगायत विभिन्न राजनीतिक दलका नेताहरु श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!