रहेनन् किर्तीमानी कर्णराज नेम्वाङ

SHARE:

नगेन्द्रराज नेम्वाङ
काठमाडौं पुस १९ । महान् प्रेरणाका स्रोत र सहासका धनी कर्णराज नेम्वाङको ५२ वर्षको उमेरमा निधन भएको छ ।

नेम्वाङको ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा शुक्रबार पुस १७ गते निधन भएको हो । २०२५ सालमा पाँचथर इम्बुङमा जन्मिएका नेम्वाङले २० वर्ष लामो बहराइनको राजधानी मनमास्थित यूएस एम्बेसीमा सेवा गरे । त्यसक्रममा नेपाल छुट्टि आएको समयमा २०६९ मा पूर्व पाँचथर फिदिमबाट काठमाडौं सामाखुसी मनोक्रान्ति केन्द्रसम्म संसारलाई बदल्नु छ सुरु आफैंबाट गर्नु छ भन्ने मनोक्रान्तिका नारासाथ नेपालको राष्ट्रिय झन्डा र मनोक्रान्तिका झन्डा फरफहराउँदै ९ सय किलोमिटर मनोक्रान्ति एकल म्याराथुन दौड सम्पन्‍न गरी इतिहास निर्माण गरेका थिए ।

त्यसैगरी उनले दोस्रो पटक गौतम बुद्धको जन्मस्थान लुम्बिनीबाट पूर्व मेची काँकडभिट्टासम्म फेरि दौड सम्पन्नगरेका थिए । उनका यी सहासिक कार्यहरु अविष्मरणीय र ऐतिहासिक बनेका छन् ।

प्रारम्भिक शिक्षा इम्बुङ्ग, सारताप फिदिम नवमी डाँडाका विद्यालयहरुमा लिएका नेम्वाङका श्रीमती अनुशा लावती नेम्वाङ, छोरी मनिषा नेम्वाङ र छोरा विवेक नेम्वाङ छन् । छोरा विवेक गोरखा सैनिक बेलायतमा कार्यरत छन् । लकडाउनका कारण उनी बाबाको अन्त्येष्टि समारोहमा उपस्थित हुन सकेन ।

पिता स्व. मुक्तिनाथ नेम्वाङ, आमा कौशिला आङ्गदेम्बे नेम्वाङबाट जन्मिएका नेम्वाङ २० वर्ष लामो नोकरीबाट अवकाशपछि ललितपुरको नख्खु खोलामा बस्दै आएका थिए भने याक्थुङ नेम्वाङ समाज नेपालको कोषाध्यक्ष थिए ।

किर्तीमानी, प्रेरणादायी र सहासिक कर्णराज नेम्वाङको अल्पायुमा भएको निधनले इम्बुङ्गदेखि काठमाडौंलगायत विश्‍वभर रहेका आफन्तजनहरु शोकमा डुबेका छन् । भावपूर्व श्रद्धाञ्जली…

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!