कुशल श्रेष्ठको निर्देशनमा ‘छातिभित्र मुटु चल्छ मेरो’ म्यूजिक भिडियो सार्वजनिक

SHARE:

लन्डन माघ ३ । गायिका सृष्टि हिङमाङ र गायक मिथुन शिवाको स्वरमा ‘छातिभित्र मुटु चल्छ मेरो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द मिथुन शिवा, संगीत सृष्टि हिङमाङको रहेको छ । बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस म्यूजिक भिडियोमा सृजना निङ्लेकु र पर्शुराम राईको अभिनय छ । मोडल सृजनाले बेलायत आउनुअघि नेपालमा करिब तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । माया प्रेममा कुनै जात, धर्म, उमेर र वर्ण बाधक हुँदैन भन्ने गीतको आशय रहेको छ ।

मोडलद्वयको वैवाहिक वर्षगाँठको अवसर पारेर सार्वजनिक उक्त म्यूजिक भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका संचारकर्मी कुशल श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन् ।

भिडियोको सह छायांकन आशिष श्रेष्ठले गरेका हुन् भने मेकअप आर्टिस्टका रुपमा दीपिका श्रेष्ठ, बालकलाकारमा काव्या श्रेष्ठ र अतिथि कलाकारका रुपमा निलम मल्लले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!