लन्डन माघ १७ । बेलायतमा आयोजना गरिएको २१ दिने वेलनेस सेसनको समापन गरिएको छ ।
कोभिड १९ (Covid-19) को विषम परिस्थितिमा कसरी मन, शरीर र आत्मालाई तन्दुरुस्त राख्न सकिन्छ भन्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रमको शुक्रबार २९ जनवरी २०२१ का दिन एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको उपस्थितिमा समापन गरिएको हो । कार्यक्रममा सम्बोधनका क्रममा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले आयोजक, प्रशिक्षक तथा सहभागीहरुलाई शुभकामना, धन्यवाद दिइन् । उनले भविष्यमा पनि यस्तो पुण्य कार्यमा हातेमालो गर्ने जानकारी दिइन् ।
अल्डरसट एम्पावरमेन्टका निर्देशक मान गुरुङले क्यान इन्टरनेसनलका डाइरेक्टर डा बलराम ढकालसँग सहकार्य गरी २१ दिने कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा मनोक्रान्तिका प्रवर्तक योगगुरु डा योगी विकाशानन्द, हिमालयन योगा स्टुडियोका डाइरेक्टर नगेन्द्र नेम्वाङ, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ लगायतले सहभागी र सहयोग गरेको अल्डरसट एम्पावरमेन्टका निर्देशक मान गुरुङले बताए ।
अन्तिम दिनको कार्यक्रम नाचबाट सुरु गरिएको थियो । त्यसपछि प्रवचन, ध्यान र गीतबाट अन्त्य गरियो । उक्त सेसनमा प्रशिक्षक योगगुरु नगेन्द्र नेम्वागले योग, ध्यान प्रवचन र ताइची, छिकोंग तथा एम्पारमेन्ट, कन्सिओस्नेस्स कोच मान गुरुङले सिकाए ।
अन्त्यमा सहभागीहरुले स्वास्थ्यमा धेरै सुधार आएको, अनुशासन बसेको, नथाक्ने, ढाड दुख्ने, हात दुख्ने टाउको दुख्ने, किनमेलमा परिवर्तन, राति सुत्दा निद्रा लाग्ने आदिमा धेरै परिवर्तन आएको अनुभव सुनाए ।
आगामी सेसन प्रत्येक शनिबार बिहान १० बजे हुने अल्डरसट एम्पावरमेन्टका निर्देशक मान गुरुङले बताए ।


