एनआरएनए यूकेद्वारा भावी योजना र महाधिवेशनको उपलब्धि बारे अन्तरक्रिया कार्यक्रम

SHARE:

लन्डन माघ २२ ।

 

गैरआवासीय नेपाली संघ एनआरएनएको अबको योजना र विशेष महाधिवेशनको उपलब्धिका बारेमा एनआरएनए यूकेले एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

एनआरएनए यूकेको संघसंस्था विभागद्वारा आयोजित भर्चुअल कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसहित एक सयभन्दा बढी सहभागी थिए । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइसीसी महासचिव डा। हेमराज शर्माले गैरआवासीय नेपाली अभियानको विगत, वर्तमान र भविष्यका बारेमा प्रकाश पारेका थिए ।

डा. शर्माले वर्तमान कार्यसमितिले संघभित्र आर्थिक, प्रशासनिक, संस्थागतलगायतका विषयमा सुधारका काम थालेको बताए । नेपाल फर्केका नेपालीलाई नेपालमा स्थापित गर्ने उद्देश्यले स्किल डेटाबेस बनाउन लागिएको जानकारी पनि उनले दिए । आइसीसी सदस्य तथा विधान सशंसोधन समितिका उपसंयोजक रामशरण सिम्खडाले संघको विधानमा हालै गरिएको संशोधनले राष्ट्रिय समितिलाई पार्ने प्रभावका विषयमा बताए । उनले संघको संशोधित विधान अग्रगामी रहेको दावी गरे ।

कार्यक्रममा अधिकांश वक्ताले संघले अघि सारेको स्मार्ट एनआरएनएको अवधारणा समय सान्दर्भिक भएको बताउँदै अनलाइन भोटिङ विश्वसनीय हुनुपर्नेमा जोड दिए । त्यसअवसरमा व्यक्त सहभागीहरुको सुझाव र सल्लाहप्रति एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले आभार व्यक्त गरिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!