सपना रोका मगरलाई सम्मान तथा बधाई कार्यक्रम

SHARE:

 


चिम्खोले काईला

बेलायत – आज सन १४ फेब्रुरीको दिन मोना युकेले नयाँ प्रबिधि जुमद्वारा म्याग्दीका चेली सपना रोका मगरलाई हार्दिक बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । गत बर्ष सपना रोका मगरलाई बिबिसी बिश्व सेवाले १०० प्रेरेणादायी तथा प्रभाशाली महिलाको सूचीमा राखेको थियो। त्यसैले उनलाई मोना युकेले हार्दिक बधाई तथा सम्मान गरेको हो। केहिदिन अगाडी मगर संघ युकेका केन्ट शाखाले पनि उनलाई हार्दिक बधाई तथा सम्मान कार्यक्रम राखेको थियो। यद्धपि उनलाई हार्दिक बधाई तथा सम्मान दिने कार्यक्रम जारी छ।

कार्यक्रममा मोना युकेका तर्फबाट सपना रोका मगरलाई हार्दिक बधाई दिदै प्रमाण पत्र, मायाको चिनो लगायत ६ लाख नेपाली रुपियाले सम्मान कार्यक्रम आयोजना गरेका छन भने सोहि कार्यक्रममा म्याग्दीको बादीपहिरोको लागि संकलन गरेको ७ लाख रुपिया मोना आइसिसिका प्रतिनिधि राम थापालाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रमको सम्पूर्ण ब्याबस्थापन जिम्मेवारी मोना युकेका सल्लाहकार क्याप्टेन जित घर्तिले महत्वपूर्ण भूमिका निभाएका थिय। संस्थाका कोषाध्यक्ष पदम गर्बुजाले चन्दा संकलनको बारेका संस्थागत आर्थिक प्रतिबेदन राखेका थिए। कार्यक्रममा सम्मानित सपना रोकाले उर्जा र हौसला र माया दिनुभएकोमा मोना युकेका सदस्यहरु तथा सम्पूर्ण नेपाली दाज्युभाई दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद दिएका छन।

मोना युकेका अध्यक्ष दल जुक्जालीको अध्यक्षतामा संचालन भएको कार्यक्रमलाई महासचिब लाल पुनले संचालन गरेका थिए। कार्क्रममा उपाध्यक्ष होम रोकाले स्वागत मन्तब्य राख्दै सपना रोकाको व्यक्तित्व पढेर सुनाएका थिय भने संस्थापक अध्यक्ष दलमान पुन, निबर्तमान अध्यक्ष उमेश राना र रसमोर बोरो काउन्सिल अल्दर्सटका काउन्सिलर प्रवेश केसीले आफ्नो सुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा नेपालबाट क्याप्टेन जित घर्ति, केबी राना, सपनाका बाबा आमा लगायत पत्रकारहरुको उपस्थिति थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!