मोना यूकेले सपना रोका मगरलाई शिक्षाका लागि ६ लाख र बाढीपहिरो पुनर्निर्माण कार्यमा ७ लाख दियो

SHARE:

लालु पुन
लन्डन फागुन २ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बीबीसीद्वारा विश्वभरिका १०० प्रभावशाली र प्रेरणादायी महिलाका रूपमा छानिएकी सपना रोका मगरलाई ४ लाख र उनले सञ्चालन गर्ने नयाँ फाउन्डेशनलाई २ लाख गरी ६ लाख हस्तान्तरण गरेको छ ।

मोना यूकेका कोषाध्यक्ष पदम सुन्दर गर्बुजाले आर्थिक संकलन विवरणमा ४ लाख सपना रोका मगरको शिक्षामा २ लाख सुन्दर सपना रोकाको नयाँ Foundation लाई गरी संकलित ६ लाख दिएका हुन् । त्यस्तै म्याग्दीमा बाढी पहिरो पुन: निर्माणका लागि मोना अन्तर्राष्ट्रिय संघलाई ७ लाख मोना यूकेले दिने औपचारिक घोषणा गरिएको थियो ।

मोना यूके केन्द्रीय पदाधिकारी, पूर्व अध्यक्ष, टस्टी, सल्लाहाकार, महिला, मोना युथ र मोना भित्रका गाविस /समाज अधक्ष्यहरु तथा बेलायतका धेरै म्याग्देलीहरु सहभागी रहेका थिए ।

१४ फेब्रअरी २०२१ आइतबार, जुममार्फत म्याग्दी प्रबासी नेपाली संघ यूकेले बीबीसीद्वारा विश्व भरिका १०० प्रभावशाली र प्रेरणादायक महिलाका रूपमा छानिएकी मिस सपना रोका मगरलाई समग्रमा म्याग्दी र राष्ट्रको गौरव तथा सम्मानको मान्यतालाई मनाउन र उनको उल्लेखनीय उपलब्धिलाई सम्मान गरेको थियो । मोना यूकेको आयोजनामा प्रमुख संहयोजक मोना यूकेका सल्लाहकार क्याप्टेन जितबहादुर घर्तिले नेपालबाट पार्टनरसिपमा भर्चुअल माध्यममा सपना रोका मगर प्राज्ञिक व्यक्ति र अन्य विशिष्टलाई सहभागी बनाएका थिए ।

म्याग्दी प्रवासी नेपाली संघ यूकेले आइतबार आयोजना गरेको बधाई तथा सम्मान समारोहमा बोल्दै सपना रोका मगरले आफ्नो तीन वर्षे कार्यकाल कस्तो रह्यो त्यसका बारेमा आफूले समाजबाट तिरस्कृत, बेवास्ता गरिएकाहरुको सेवामा जुटेर लगातार काम गर्दै आएको कुरा बताएकी थिइन् भने विश्वलाई समाज रुपान्तरणको क्षेत्रमा मैले पाएको प्रेरणाका लागि त्यसको मूल्याङ्कन गरिदिने बीबीसी बेलायतलाई धन्यवादसहित उनले आफ्नो कार्यकालको समीक्षा समय र इतिहासमा आफ्नो नाम थप्न पाएकोमा आभार प्रकट गरे ।

मोना यूकेका अध्यक्ष दल जुग्जालीको अध्यक्षता र उपाध्यक्षद्धय होम रोकाको स्वागत मन्तव्यसहित कार्यक्रममा महासचिव लालबहादुर पुनले सन्चालनमा भर्चुअल रुपमा भएको सो कार्यक्रममा नेपालको ईज्जत, हाम्रो गौरव, किशोरी चेली सपना रोका मगरको बीबीसीद्वारा विश्व भरिका १०० प्रभावशाली र प्रेरणादायक महिलाका रूपमा किशोरावस्थाको समयमा समाजमा भिन्नता ल्याउन कडा मेहनत गरिरहेकी किशोरी म्याग्देली चेलीलाई मोना यूकेले सम्मान गरेको थियो । सो सम्मानपत्र मोना यूकेका महासचिब लालबहादुर पुनले सबैमा पढे र मोना यूकेको चिनो मोना यूकेको तर्फबाट प्रमुख सहयोजक (सल्लाहकार) क्याप्टेन जितबहादुर घर्तिले हस्तान्तरण गरेका थिए । साथै मोना यूकेका टस्ती तथा काउसिलर प्रवेश केसी, मोना यूकेका पूर्वअध्यक्ष उमेश राना र संस्थापक अधक्ष दलमान पुनले सम्बोधन गरेका थिए ।
सल्लाहाकार तेज राम्जाली, NRNA UK का कोषा अध्यक्ष इन्जिनयर तेजेन्द्र रोका र मोना युथका अधक्ष अनिल मल्लको लेखित सम्बोधन महासचिवले पढेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!