काठमाडौं फागुन १० ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ ।
आइतबार मात्र राजनीतिक भागबण्डामा पचास पचास प्रतिशत लिने सहमति आइतबार मात्र समूहले गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले जिल्लाका महत्वपूर्ण पदमा पात्रहरु चयन गरेको हो । चयन गर्दा अध्यक्ष वा सचिव एक एक जनाको भाग पारिएको छ ।
रामेछापमा अध्यक्ष चयन मइनकुमार मोक्तान अध्यक्ष पुष्पकमल दालहा ‘प्रचण्ड’ पक्षका हुन् भने सचिव शान्तिप्रसाद पौडेल अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् । सरसर्ती हेर्दा पूर्वमाओवादी केन्द्रले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व लिएका छन् ।
७७ जिल्लामध्ये नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी राखिएको छ । काठमाडौंका अध्यक्षमा बसन्त मानन्धार नेपाल पक्ष हुन् भने सचिव हिमाल शर्मा प्रचण्ड पक्षका हुन् । ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा नेपाल र सचिव राजकाजी महर्जन प्रचण्ड पक्षधर हुन् ।