विप्लव नेता धर्मेन्द्र बाँस्तोला फेरी पक्राउ

SHARE:

काठमाडौं फागुन १० ।

सर्वोच्च अदालतले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ ।

मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले नेता बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो। तर, प्रहरीले सर्वोच्च अदालतको प्रवेशद्वारबाटै नेता बास्कोटालाई पक्राउ गरेको हो ।

फरक विचार र आस्था कारण पक्राउ गरेको देखिँदा निजलाई थुनामा राख्न उचित नदेखिएकोले आजै गैरकानुनी थुनाबाट मुक्त गरिदिनू भनी नेपालको संविधानको धारा १३३ २ र ३ सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३७ बमोजिम वन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्दैै रिहा गर्न आदेश दिएको थियो।

नेता बास्तोलालाई पुस २९ गते ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो। सरकारले प्रतिबन्ध लगाएको झण्डै दुई विप्लव नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी थालेको छ। नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको जनाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विप्लवसँग वार्ता गर्न लागेको बताएका थिए। मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!