-जमुना पुन
फार्नबोरो । गत ३१ मार्च २०१८ शनिबारका दिन फार्नबोरोस्थित स्यामुल कोडी कलेजमा मगर संघ युकेको UHSB महिला शाखाका दिदीबहिनीले लेडिज रमझम नाइट आयोजना ग¥यो ।
सन् २००६ मा स्थापित महिला शाखाले स्थापनाकाल देखिनै हरेक बर्ष लेडिज रमझम नाइटको आयोजना गर्दै आएको छ । सो कार्यक्रमबाट बचत भएको रकम नेपाल तथा युकेका विभन्न परोपकारी संस्थाहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ । हालसम्म दिल शोभा श्रेष्ठ (आमाको घर), माइती नेपाल, भूकम्प पिडित महिला तथा बालबालिका, दीक्षा चापागाई (पवित्र समाज सेवा) महाबिर पुन (राष्ट्रिय आविस्कार केन्द्र), इन्दिरा राना मगर (बन्दी सहायता केन्द्र), बेलायतस्थित फ्रिम्ली पार्क हस्पिटलको ब्रेस्ट क्यान्सर युनिट र फार्न्हाम स्थित फार्न्हाम हस्पिस परोपकारी संस्थालाई सहयोग गरिसकेको छ । बिगतका बर्षहरुमा झैँ यस बर्षको लेडिज रमझम नाइटबाट खर्च कटाएर बचत रहेको रकम नेपालस्थित परोपकारी संस्था एकीकृत शिर्जनसिल समाजकी आमा जुनु पुनलाई दिने निर्णय भएको संस्थाकी अध्यक्ष पदम थापाले जानकारी गराईन् ।
संस्थाका अध्यक्ष पदम थापा र मगर महिला संघ युकेका अध्यक्ष छबिमाया पुनले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रम शुरु गरिएको थियो । उक्त लेडिज रमझम नाइटमा बिगत देखिनै बिना भाषण र बिना आशनग्रहण शुरुवात गरिने भएको हुँदा कार्यक्रमले छुटै रौनकता दिएको थियो । र, डिजे शिव छन्त्यालले नयाँ तथा पुराना बिभिन्न हिन्दी, अंग्रेजी र नेपाली गीतहरुमा भरमग्दुर मनोरञ्जन दिने प्रयास गरेका थिए ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको लागि टिकट काटेर तथा चन्दा दिएर सहयोग गर्ने चन्दादाताहरु, फोटो खिचेर सहयोग गर्ने फोटोपत्रकार मिलन तमु, डिजे शिब छन्त्याल, कार्यक्रमको लागि साउण्ड सिस्टम उपलब्ध गराउने गोर्खा साउण्ड सिस्टमका प्रोप्राइटर, भोजन उपलब्ध गराउने प्यालेस लगायत उपस्थित भएका सम्पूर्ण दिदिबहिनीहरुलाई अध्यक्ष पदम थापाले धन्यवाद दिइन् ।
करीब २५० जना दिदीबहिनीको सहभागिता रहेको उक्त कार्यक्रममा उपाध्यक्ष भिमा ढेंगाले स्वागत मन्तब्य, सचिव धना रोकाले स्वास्थ्य र सुरक्षाको बारेमा जानकारी दिएकी थिइन् भने जानकी पुनले कार्यक्रम संचालन गरेकी थिईन् ।


