एलिना गुरुङ जिताऔं सहयोग समितिले दियो सहयोगीलाई धन्यवाद

SHARE:

पोखरा, १५ फागुन । पहिलो नेपाल स्टारको ताज पोखरेली चेली एलिना गुरुङलाई पहिराउन सफल एलिना गुरुङ जिताऔं सहयोग समितिले सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

शनिबार पोखरा १२ स्थित चिउली पाचे तमु समाजमा धन्यवाद कार्यक्रम आयोजना गरी एलिना गुरुङ जिताऔं सहयोग समिति, पहिलो नेपाल स्टारको उपाधि जित्न सफल पोखरेली चेली एलिना गुरुङ र एलिनाको परिवारको तर्फबाट नेपाल स्टार ऐतिहासिक उपाधि जिताउन अहोरात्र जुट्ने, अमूल्य भोट गर्ने, आर्थिक सहयोग, प्रचारप्रसारमा सहयोग गरेका स्वदेश तथा विदेशका संघ संस्था एवम् सहयोगीहरुलाई हार्दिक धन्यवादपत्रसहित धन्यवाद व्यक्त गरिएको हो । अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुलाई परिवारका तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल स्टार एलिना गुरुङ, समितिका संरक्षक एवम् तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ताङतिङ घोताने भाईखलकका अध्यक्ष तथा पुर्व प्रधानपञ्च, वरिष्ठ समाजसेवी देवीजंग गुरुङ, परिवारका तर्फबाट समितिकी आर्थिक संयोजक कुमारी गुरुङ लगायतले नेपाल स्टारको उपाधि जिताउन स्वदेश तथा विदेशबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्ने सम्पुर्णलाई धन्यवादका साथै आभार व्यक्त गरेका थिए ।

एलिना गुरुङ जिताऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिकी प्रचार संयोजक खिमा गुरुङ र सञ्चालन समितिकी सचिव रोशनी गुरुङले गरेकी थिइन् । यसै कार्यक्रमसँगै एलिना गुरुङ जिताऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङले समिति विघटन भएको घोषणा गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!