‘वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन

SHARE:

काठमाडौं फागुन १६ । लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन गरेका छन् । चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ आदि गरी दर्जनौँ गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल दुलालले झण्डै ११ वर्षपछि ‘वनमा खयर’ बोलको लोकदोहोरी गीत ल्याएका हुन् ।

सो गीतमा उनलाई युवा पुस्ताकी गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका हुन् । गीतमा सङ्गीतकार तथा गायक प्रभावन जेको सङ्गीत छ । गीतको सङ्गीत संयोजन एरेन्जर कमल सौरागले गरेका हुन् ।

आगामी दिनमा नेपाली लोकदोहोरीलाई निरन्तरता दिने दुलालले बताए । गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले गीतको भिडियो निर्देशन गरेका छन् भने छायाङ्कन हरीश मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!