- सञ्जोग लाफा मगर
क्रान्तिकारी चेतना
‘हुकुमलाई जवाफ छैन, कालको औषधि छैन ।’
कोत पर्व, भण्डारखाल पर्व र अन्य डर लाग्दा घटनाले भयभीत जनता तानाशाही एकतन्त्रीय राणा शाषन विरुद्ध त के चुइंक्क बोल्न नसक्ने समयमा विस १९१० मा विजयराज पाण्डेलाई लेखाएको मुलुकी ऐन जङ्गबहादुर राणाले जारी गर्नु एक बर्ष अघि विस १९११ मा गोरखनाथ गणमा लखन थापा मगर भर्ति भएका थिए । नेपाली सेनाबाट सैन्य सेवा त्याग्नुअघि राणाविरोधी युवराज त्रैलोक्यका अङ्गरक्षक थिए । मुलुकी ऐन जङ्गबहादुर राणाले लागु गरेर जातिपाति विभाजन र छुवाछुत प्रथालाई प्रश्रय दिनु, मनुस्मृतिलाई संविधान मानेर एक जातीय बर्गको हितले असन्तुस्ट बाहुन–पुरोहितलाई माथिल्लो स्थान र मृत्युदण्डवाट बञ्चित गरिनु । सनातन हिन्दु धर्ममा भएका अन्धविश्वास, कुरीति र रुढीवादविरुद्ध उनले जोसमनी सम्प्रदायको मूल दर्शन जातिपाति, उंचनिच नमान्ने, निर्गुण उपसानावाट सिद्ध प्राप्त गरी धार्मिक असहिष्णुता जातीय विभेद सांस्कृतिक असमानताविरुद्ध जनताविच चेतना दिन थाले ।
सन् १९१४ मा भारत स्वतन्त्र आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठुलो विद्रोह गरेपछि त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जङ्गबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन थापा मगर, जयसिं चुमी राना मगर कालीबहादुर गणका श्रीपत गुरुङ लखनउ पुगेका थिए । विद्रोही आन्दोलन दबाउने क्रममा त्यहााका जनतालाई अत्याचार, निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि शाहको दरबारको सम्पति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संघर्षलाई नजिकवाट नियालेका लखनको हृदयमा नेपालमा जङ्गबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो । राजा, महाराजाहरुले मेरा देशका लाटागााडा जनताहरु भनेर सम्बोधन गरिने समयमा जनता पूर्णअशिक्षित धर्मकर्ममा बढि चासो राख्ने भएकोले जातीय देवीदेवताका शक्तिको नामवाट लखन थापा मगरले जनचेतना जगाउँथे ।
‘जङ्गेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाालाई त्राही त्राही पारिरहेको छ । जातपात, छुवाछुत झन चर्काएको छ । जङ्गेलाई हटाएर नेपाल आमालाई पापको बोझवाट हल्का पार्नुपर्छ । नेपालमा सत्ययुग फिराउ, मनकामना देवीले मलाई बरदान दिएकी छिन् । भाइ हो तयार होऔं ।
गाउालेलाई ठाउा ठाउामा भेला गरी चेतना फैलाउादै उनले संगठित हुन आव्हान गर्थे ।’ बेलायतको जस्तो संसदीय प्रणाली लागु गर्न उत्प्रेरित थिए भने अंग्रेजको साम्राज्यवादी नीतिका कट्टर विरोधी थिए ।
मृत्युदण्ड
सन् १८७६ मा लखन थापा मगरको नेतृत्वमा १५०० देखि २००० जति युवाको दुई ब्रिगेडको हैसियतमा सैनिक संगठन निर्माण गरी बुङकोट काहुले भङ्गारमा ठुलो किल्ला, भव्य पााचतले दरबार , पिटी परेड खेल्ने टुाडिखेल बनाई आवश्यक हातहतियार बन्दुक र धनुकााडहरु पनि जम्मा गरेका थिए । पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को अंक २७ (२०३१ वैशाख:१५–१६) थापाले ‘मनकामनामा गएर पूजा गर्नुपर्दैन यहीं पूजा गरिदिन्छु’ भनी बुङकोटबाटै पूजा चलाउन थालेपछि मनकामना मन्दिरमा गएर भक्तजनले पूजा गर्नै छाडे ।
‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अंक ५ (सन् १९८० डिसेम्बर:७०–७१) मा गोरखाको उत्तरी भेग अठारसयखोला क्षेत्रका स्थानीय भोटेहरूले १९०७ सालमा जंगबहादुरको आदेश अनुसार त्यहाा खानी खनाउन जाने ठेकेदारलाई पाता कसी काम अवरुद्ध गरेका थिए । भोटेहरूको यो विद्रोह दवाउन जंगबहादुरको आदेश अनुसार सैन्य शक्ति परिचालन गरिएको थियो । सम्भवत: जंगबहादुरप्रति बदला लिन हत्याको योजनामा साथ दिन ढाल र तरबारले सुसज्जित भोटे सेनाको ठूलो समूह लखन थापाको सैन्य पंक्तिमा पंक्तिबद्ध भएका थिए । २६ फागुन १९३२ मा प्रसादसिंह थापा, खड्ग थापाहरूले दिएको सूचना अनुसार लखनको गतिविधि निगरानी गर्न सरकारका तर्फबाट मेजर कप्तान शम्शेरबहादुर थापा क्षेत्री, सुब्बा वीरमानजंग थापा क्षेत्री र पाल्पाका सुवेदार वदलसिंह बस्न्यातलाई जिम्मेवारी दिइएको थियो ।
युवराज सुरेन्द्रलाई श्री ३ बाट श्री ५ बन्न हातमा लिइसकेका जङ्गबहादुरले पछि विद्रोह हुादा श्री ५ हुन असफल बनेपछि चन्द्रागिरि भञ्ज्याङमा घाट लगाएर वा तार्कु अथवा लमजुङको मनाङवेसीमा शिकार खेल्न आएको बखत उनको हत्या गर्ने । सम्भव नभए तिब्बत छिर्ने र तिब्बती सहयोग लिएर लक्ष्य मुताविक समर्थन जुटाउने । हत्या योजना सफल भए शाहजादा उपेन्द्रविक्रम शाहलाई राजा बनाउने र आफू दोस्रो व्यक्ति अर्थात् प्रधानमन्त्री हुने लखनको योजना टीकादत्त जैसी (कसैकसैले बोर्लाङ्का थापा क्षेत्रीहरु) ले पोल खोलेकोले ४०/५० दिनको सिकार खेल्ने कार्यक्रम १६ दिनमै स्थगित गरेर काठमाडौं फर्किनासाथ क्रोधित स्वरमा देविदत्त बटालियनलाई जङ्गबहादुरले आदेश दिंदै भनेका थिए–
‘लखनलाई मनकामना बाराही देवीले जङ्गेलाई मार्ने बरदान दिएकी छिन् । त्यसलाई मनकामना बाराहीले त्यस्तो बरदान दिएको छ भने त्यसै छेउमा झुण्डाई मार्नु ।’
तर, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अंक २ (सन् १९८० डिसेम्बर:७२–७५) मा मेजर कप्तान शमशेरजंग थापा क्षेत्री लगायतले माथि उल्लेखित सम्पूर्ण विवरण प्रधानमन्त्री जङ्गबहादुर समक्ष प्रस्तुत गरकोले कर्णेल टेकबहादुर राणाको नेतृत्वमा उनकै मातहत पाल्पामा रहेका सैन्य टुकडी, आवश्यक भए, मिलाई लखन थापा र उनका समर्थकहरूलाई पक्राउ आदेश दिए । यदि तिनीहरू पाल्पा हुादै गएमा पक्रने कार्यमा मद्दत गर्न मेजर कप्तान शमशेरजंग थापा क्षेत्रीलाई आदेश दिए र तिनीहरूलाई पक्रेर काठमाडौं पठाउन एवम् सो विषयमा इन्द्रचोकको प्रहरी थानामार्फत् आफूलाई खबर गर्न अह्राएको र यस अतिरिक्त, आफ्नो भ्रमणको क्रममा उनी पाल्पा पुगेछन् भने प्रधानमन्त्री जंगबहादुरको आवश्यक सुरक्षा व्यवस्था मिलाउने र हत्याबाट जोगाउनेसम्मको आदेश पनि उनैलाई दिइएको उल्लेख गरेको छ ।
जङ्गबहादुरले पठाएको देवीदत्त बटालियनका सैनिकसंग बुङ्कोटमा घमासान दोहोरो भिडन्त भएपछि गोली, गठ्ठा सहित रासनपानी सिद्धिएकोले सरकारी सेनाले घर घेराउ गरेपछि अन्तत: लखन थापा मगरले आत्मसमर्पण गरेका थिए । जयसिं चुमी राना मगर र उनका सहयोगीलाई जङ्गबहादुरको सैनिकले पक्रि बाासको पिंजडामा बााधेर निर्ममतापूर्वक काठमाडौं पुर्याइयो । ‘रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अंक २ (सन् १९८० डिसेम्बर:७२–७५) मा उनीहरूलाई केरकार गर्दा लखन थापाले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल पद दिएको र अन्यलाई जर्नेल, कर्णेल र कप्तान पद दिने कसम खाएको उल्लेख गरेको छ ।
मृत्युदण्ड दिइएका लखन थापा मगरले आफ्नै दरबारमा मृत्युवरणको इच्छा राखेपछि उनी र विशेष सहयोगीलाई त्यहिं झुण्डाई मार्ने आदेश दिनासाथ जङ्गबहादुरकी रानी मुर्छा परिन । ठुलो भुल भएको प्रायश्चित गर्दै केहि सैनिकलाई लखन थापा मगरलाई नमार्नु भन्ने आदेश जङ्गबहादुरले पठाए । जैसी र थापा क्षेत्रीले सुईंको पाउनासाथ बेनीघाटमा घाटेहरुलाई डर, धम्कीकासाथ केही रकम दिएर आफ्नो पक्षमा पारेको तीन दिनपछि सैनिक पुग्दा वि.स. १९३३ फागुन २ गते दरबार अगाडिको खिर्राको बोटमा लखन थापालाई जहरे (जयसिंह) चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङ र अजपसिंह थापा मगर र अच्छामीलाई रुखमा झुण्ड्याइएको थियो । उक्त घरलाई मैदान हुने गरी भत्काइयो । सन्त ज्ञान दिलदास र कालु लम्साललाई बाहुन भएकोले मृत्युदण्ड दिइएन भने सुकदेब गुरुङलाई गोरखाको जेलमा यातनापूर्ण ढङ्गले हत्या गरियो । अन्य ५० जना सहयोगीलाई बाासको पिंजडामा राखी काठमाडौं ल्याई टुंडिखेलको रुखमा झुण्ड्याइयो । लखन थापा मगरलाई झुण्ड्याई मारेको खबर पाउनासाथ जङ्गबहादुरको मन बेचैन र छट्पटाहटले तड्पिन थालेपछि उनी स्वयं बुङकोट गई लखन थापा मगरको लाससंग क्षमा मागी पत्थरघट्टाको बाटो हुादै फर्कन्दा जङ्गबहादुरको रहस्यमय मृत्यु भयो ।
प्रथम सहिद भ्रम
जङ्गबहादुरले स्थापना गरेको जहानीयाा शासनविद्ध आवाज उठाउने र विद्रोह गर्ने लखन थापा प्रथम व्यक्ति हुन् भनेर किटान गर्न नमिल्ने ऐतिहािसक प्रमाणहरु उपलब्ध रहेको ऐतिहािसक यथार्थलाई देखान्देखि गर्न मिल्ने देखिंदैन ।
चौबिसी राज्य अन्तर्गतको पर्वत राज्य गोरखामा विलय भएपछि गोरखाली शासकले मनपरी र आम्दानीभन्दा दश गुणा बढि कर बुझाउनु पर्ने । तरुनी छोरीहरु शासकलाई जिम्मा लगाउनु पर्ने । सामान्य मुद्धा मामिलाको लागि बाग्लुङ र पाल्पा जानुपर्ने बाध्यताको विरुद्ध म्याग्दी पाखापानीका तुले रोहानी मगरले विस १९८७ मा पात्लेखेत, झीं, पाखापानी, कोटकाउालगायत गाउाहरु समेटेर पाखापानी राज्य बनाए र देउरालीलाई राजधानी तोकी तत्कालिन पर्वत राज्यको राजा मले बमका राजकुमार भएकोले आफू राजा भएको घोषणा गरे । शिरानमा कोट बनाई घरेलु हातहतियार जम्मा गरे ।
गोरखालीहरुको षडयन्त्रमा ढोलठानका दुई राजकुमारसंग रोहानी युद्धमा भिंडे । लडाईंमा जेठा राजकुमारले शिर छेदन गरे । उनको सहयोगीहरुलाई पनि खोजी खोजी हत्या गरियो । लखन थापा भन्दा ३६ बर्ष अघि मारिएका पाखापानीका रोहानी नेपालको प्रथम सहिद हुनुपर्ने जीकिर छ । त्यसैगरी ‘जङ्गबहादुर राणाले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखि अड्कलेको मानो खानुपर्ने व्यवहारले राजपरिवार तथा मोफसलका ठकुरीहरु आक्रोशित बनेका थिए । अछाममा जाने राणाको कर्मचारीहरुलाई लैनो नौमुठे गाई सित्तैमा दिनुपर्ने, हाकिमलाई पिठ्युमा काखी राखी बोकेर ठाउा–ठाउामा डुलाउनु पर्ने, कर्मचारीहरुलाई गोर्खाली मानो भनि चामल, दाल, घिउ, मसला उठाउनु पर्ने, छोरीचेली, नारीप्रति हातपात गर्दा अभिभावकले टुलुटुलु हेर्नुपर्ने बाध्यताले श्री ५ गीर्वाणयुद्ध वीरविक्रम शाहदेवकी छोरी सरस्वती कुमारी उनकी पनि छोरी अछामी राजालाई विवाह गरेपछि जन्मीएका साहेबज्यू बााकावीर उर्फ बलदेव शाहले राणाद्धारा पठाएको फौजलाई रासन नदिने अभियान चलाए । एक्लै, दुक्लै भेटेका जवान र कर्मचारीहरुको हत्या गर्दै हिंडेपछि स्थानीय अछामी स्वाार खत्रीहरुलाई राणाहरुले प्रयोग गरी बााकावीरको टाउको काटी रुद्रसिंह स्वाारले हत्या गरेर रातारात अछामको सिमाना कटाउादै डोटी गौंडा हुादै काठमाडौं पुर्याएका थिए ।’ बााकावीरले गरेको संघर्ष राजपरिवारलाई नजरबन्द राखि तोकेको मानो खानुपर्ने नियमलाई पारिवारिक असन्तुष्टि र राणा कर्मचारीले गरेको दुव्र्यवहार विरुद्ध गरेको भुमिगत आन्दोलन हो । तुले रोहानीको सवालमा पनि त्यही लागु हुन्छ । राष्ट्रिय स्वार्थ भन्दा पारिवारिक स्वार्थबाट प्रेरित भएकोले सहिदको तुलना गर्न कत्तिको सम्भव छ ? इतिहासविद डा. राजाराम सुवेदी लेख्छन्– ‘नेपाल एकिकरणको बेला धेरै वीर, वीराङ्गानाले राष्ट्रको निमित्त प्राण अर्पेका छन् । उदाहरणको लागि कालु पाण्डे, चेब्रे राना, बंशु गुरुङ, धोकलसिंह बस्न्यात, भक्ति थापा आदि । सहिद पनि कून घटना, कून कालखण्ड र कुन प्रसङ्गमा भएका हुन भन्ने कुराको सिमावद्ध या समयापन गर्नुपर्ने स्थिति देखिएको छ ।’
सहिद किस्सा
१९९७ सालमा राणा शाषन विरुद्ध आवाज उठाउादा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई २००७ सालको क्रान्तिपछि सहिद र टंकप्रसाद आचार्य र रामहरी शर्मालाई ज्यूादो सहिद भनि नेपाल सरकारले सहिद घोषणाको थालनी गरेको थियो । पञ्चायत व्यवस्थाको विरुद्ध आन्दोलन गर्दा मारिएका २०४६ सालको जनआन्दोलनपछि प्रजातान्त्रिक सरकारले सहिद घोषणा गर्यो । सरकारको विरुद्ध आन्दोलनगर्दा मारिएका व्यक्ति पनि सहिद बने । २०६२–०६३ को जनआन्दोलनमा मारिएका २६ जना गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले सहिद घोषणा गर्यो । पहिलो संविधान सभा निर्वाचनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनयुद्धमा मारिएका ८ हजार माओवादीलाई सहिद घोषणा गरे लगत्तै माधवकुमार नेपालको सरकारले पनि राज्यवाट मारिएका माओवादी र माओवादीवाट मारिएका कााग्रेस, एमाले र राप्रपा सम्वद्ध १ हजार ६ सय २६ जनालाई सहिद घोषणा गर्यो । बाादरमुढेमा माओवादी एम्बुसमा मारिएका ३८ जना मधेश आन्दोलनमा मारिएका ६८ जनाको सुचि बुझाए पनि सुरक्षाकर्मी सहित ११ जना गरी ५२ जना सहिदको सुचिमा परे । १६ जना सहिदको सुचिमा नपरेकोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको असहमति छ । फैसला पक्षमा नभएको आक्रोसमा गोली हानी मारिएका सर्वोच्च अदालतका न्यायधिस रणबहादुर बमलाई पनि सहिद घोषणा गरियो । प्रधानमन्त्री केपि ओलीको सरकारले सेना, प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, निजामति कर्मचारी र शिक्षक गरी २८ सय ७ जना राष्ट्रसेवक सहिद घोषणा गरिदिए । विभिन्न आन्दोलन, अज्ञात वा शसस्त्र समुहले हत्या गरिएका धार्मिक सहिद, कर्मचारी सहिद, पत्रकार सहिद, सहित राज्य कमजोर अवस्था भएको अवसर र आफुअनुकुल व्याख्या घोषणाले लगभग १२ हजार सहिदको संख्या पुगेको छ ।
प्रथम सहिद संघर्ष
ऐतिहासिक घटना, स्थानीय जनताको विश्वास, अनुसन्धानत्मक पुस्तक, प्रमाणिक आधारका साथ नेपाल मगर संघले स्थापना कालदेखि लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न शसक्त माग गर्दै सरकारलाई पटकपटक ज्ञापनपत्र बुझायो । र कृष्णप्रसाद भट्टराइको नेतृत्वको सरकारले २०५६ फागुन ११ गते लखन थापा मगरलाई सदाहतको १२५ बर्षपछि सहिद घोषणा गर्यो । सहिद घोषणाले असन्तुष्ट बनेका नेपाल मगर संघले २०६२ माघ १० गते प्रथम सहिद घोषणा गर्न पून: ज्ञापन पत्र संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयमा बुझायो ।
‘प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रमाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कूनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकिकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र लगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरुमा योगदान दिंदै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणित तथ्य तथा विवरण आवश्यक पर्ने भएकोले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यवहारिक हिसाबले पनि कठिनाई पर्ने’
व्यहोराको प्रत्युत्तर पत्र राज्यले मगर संघलाई थमायो । निरन्तर सभा, सम्मेलन, अन्तरक्रिया, वौद्धिक छलफल मार्फत प्रथम सहिद घोषणाको माग गर्न छाडेन मगर संघले ।
नेपाल सरकारबाट पहिलो पटक सहिदको मापदण्ड निर्धारण गर्न माधव नेपालको पालामा गठित उच्चस्तरीय सहिद सुझाव, परामर्श समितिका संयोजक मोदनाथ प्रश्रितले बुझाएको प्रतिवेदन र प्रधानमंत्री बाबुराम भट्टराइको पालामा नवराज सुवेदीको संयोजकत्वमा गठित सहिदको परिभाषा तथा मापदण्ड निर्धारण सम्बन्धी उच्चस्तरिय कार्यदलको प्रतिवेदन कार्यन्वयननै नभइकन लाटाको धोतीजस्तै कन्तविजोग बन्यो । बरु सरकारले १० लाखे सहिदको संख्यामा बृद्धि गर्न हानथापमा जोडबल गरे ।
प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले इतिहासकारविच वौद्धिक छलफल, बहस, अन्तरक्रिया घनिभूतरुपमा बढायो । सामान्य ज्ञान, पाठ्यक्रमदेखि जनस्तरमा परिचित लखन थापा मगरवारे इतिहासकार, रेग्मी रिसर्च सेन्टरको दस्तावेज, प्रतिवेदन प्रमाणस्वरुप पेश गर्दै नेपाल सरकारलाई पटकपटक ज्ञापनपत्र बुझायो ।
मगर सभासद समुह र समर्थक सभासदको हस्ताक्षर सहित सभासद शिवलाल थापा मगरले संविधान सभा व्यवस्थापिका संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ‘लखन थापा मगरलाई नेपाल सरकारले सहिद घोषणा गरी सकेको तर प्रथम सहिदको रुपमा हालसम्म (२०७१ असोज ३ गतेसम्म) घोषणा नगरिएको हुादा यथासिघ्र प्रथम सहिद घोषणा गरियोस ।’ व्यवस्थापिका संसदमा पनि सोही प्रस्तावलाई जोड दिंदै ‘प्रथम सहिद घोषणा गर्ने आधार र अकाट्य प्रमाणहरु हुादा पनि अझसम्म घोषणा नगरिएकोले प्रथम सहिदप्रति अपमान भएको ध्यानाकर्षण गराएपछि बाध्य भएर २०७२ असोज ३ गतेको प्रधानमन्त्री सुशिल कोइरालाको मन्त्री परिषद निर्णयले संविधान जारी गरिएको दिन फितलो पारामा १३९ वर्षपछि नेपाल सरकारले प्रथम सहिद घोषणा गर्यो । सञ्चार मन्त्री राम कार्कीले प्रथम सहिदको हुलाक टिकटमा टााचा मारेको छ । तर, राज्यले प्रथम सहिद घोषणा गरेको पूर्णरुपमा आमजनताले अहिलेसम्म व्यवहारिक महशुस गर्न पाएका छैनन् ।
स्थानीय देउता
‘म मरेको सात दिनभित्र त्यो जङ्गे पनि मर्नेछ । मलाई झुण्डाइएको बेला कोही पनि नरुनु र पीर नगर्नु मेरो शरीर कुहेर भुईमा खस्यो भने लखन थापा मगर मरेर गएछ भनेर जान्नु । यदि त्यसै सुकेर सानो–सानो भई झुण्डाएको डोरीमा शरीर बिलाएमा लखन थापा मगर जिउादै छ भनेर बुझनु । मलाई झुण्डाएको डोरी सुरक्षित राख्नु, म एकदिन फर्केर आउनेछु ।’
जङ्गबहादुर राणाको सेनाले १९३३ फागुन २ गते बलिदानी दिनुअघि लखन थापा मगरले जनसमुदायलाई सम्बोधन गरेका बोलि हुन् । लखन र उनका सहयोगी ७ जनालाई झुण्डाएपछि उनको शरिर डोरीमा विलिन भएको र अन्यको कुहेर भुईंमा झरेकोले स्थानीय जनतामा उनि मरेका छैनन् (किरियासमेत नभएको) देउतामा परिणत भएको जनविश्वास छ । केहि बर्ष अघिसम्म थापा मगरलाई झुण्डाइएको डोरी पेट दुख्ने र अन्य उपचारको लागि प्रयोग गर्दा सकिएको स्थानीय गाउालेले सुनाएका थिए । उनको मृत्यु हिंसात्मक ढङ्गवाट भएकोले उनले पनि भयाार पुजा (मगर जातिले सामुहिक रुपमा हिंसात्मक घटनामा मुत्युवरण भएकाहरुको स्मृतिमा गरिने पुजा) गर्ने हुादा गोरखा बुङ्कोट, काहुले भङ्गारमा प्रत्येक बर्ष पुस महिनाको पहिलो पञ्चमीका दिन पुज्ने गर्दछ । आजभोलि भयाार पुजालाई नै ‘लखन्या पुजा’ भनि पुज्ने गरिन्छ ।
राज्यभन्दा जनता अघि
स्थानीय गाउालेलाई घटना गुपचुप राख्न कागजमा सहिछाप गराई राणाहरुले केही रुपैयाा दिएका थिए । स्थानीय जनताले उक्त रुपैयाा आफुसंग नराखी सामुहिक रुपमा लखन थापा मगरको नाममा चढाएको ठुलो घण्टा गोरखा दरबार परिसरमा आजपर्यन्त छ । सो कुरालाई दण्डपाणी अर्यालको स्रोत उल्लेख गर्दै तुलसीराम वैद्य र धनबज्र बज्राचार्यले गोरखाको ऐतिहासिक सामाग्री, २०२९, मा लेखेका छन् । जनस्तरबाट उनको आहुतिलाई सम्मान गर्दै २०५७ फागुन २ गते पूर्वमंत्री एवं नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङी मगरले जहाा उनलाई झुण्ड्याई मारिएको थियो, त्यहिंनै थापा मगरको पहिलो सालिक अनावरण गरेका थिए ।
२०६२–०६३ को जनआन्दोलनले राजा, महाराजाको फोडिएको सालिक विस्थापन गरिएको स्थानमा लखन थापा मगरको सालिक बुटवल, पाल्पा, पोखरा र घोराही दाङमा राखिएको छ । धादिङ, झापा, रामपुर (पाल्पा) र गोरखामा पनि सालिक अनावरण गरिएको छ । बुटवल फुलबारी पार्कमा लखन थापाको सालिक कुंदिएको छ । घोराही दाङमा प्रथम सहिद पार्क स्थापना गरिएको छ । स्कूल, सडक, चोक आदिको नामाकरण प्रथम सहिद लखन थापा मगर राखिएको छ । नेपाल मगर संघ र प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय क्षेत्रमा मगर संघ, हङकङ, अमेरीका, अष्ट्ेरलिया, क्यानाडा, बेल्जीयम, कतार, सउदीअरेबीया, मलेसिया, ओमान, बहराइन, इजरायल, जापानले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा विविध कार्यक्रम हरेक बर्ष कार्यक्रम आयोजना गरी रहेको छ । मगर संघ युकेले हरेक बर्ष लखन थापा मगर फुटबल प्रतियोगिता आयोजना गर्दछ । टिसर्ट, भेस्ट, पोस्टकार्ड, रिङ, माला, मायाको चिनो आदिमा लखन थापाको फोटो प्रचलनमा छ । प्रथम सहिद घोषणापछि गोरखामा सहिद लखन थापा गाउापालिका नामाकरण र काठमाडौं गोकर्णेश्वर–९ मा सहिद तथा शान्तिपार्कमा लखन थापाको सालिक निर्माण भइरहेको
छ । हेटौंडामा लखन बाटिका रुपन्देही तिलोत्तमा बनवाटिकामा लखन पार्क र तमानखोला गाउापालिका–४, सोलेडााडा, बाग्लुमाङमा पनि सहिद पार्क निर्माण भइरहेको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय खेलकुद परिषदले इस्मा गाउापालिका ६, राङदल चौर गुल्मीमा लखन थापा अन्तर्राष्ट्रिय फुटवल र∙शाला निर्माण गरिरहेको छ ।
उपेक्षित प्रथम सहिद
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकिकरण, राजनितिक स्वतन्त्रता, प्रजातन्त्र लगायत राष्ट्रिय अन्य विषय र क्षेत्रहरुमा ठुलो योगदान दिादै प्राण आहुति गरेको व्यक्तिलाई सहिद भनिन्छ । प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटी निरकुंश जहानिया राणा शासक जङ्गबहादर राणा विरुद्ध, जनस्तरबाट शसस्त्र विद्रोह गरेका लखन थापा मगरले देशको लागि बलिदान दिएका थिए । देशको लागि आहुति दिने देशभक्तप्रति जनताको श्रद्धा प्रकट उच्च र सम्मानले शिर निहुरिने गर्दछ । तर, नेपालमा चारजना सहिदको धेरै बर्षसम्म नामले मात्र पुकारियो जात कहिले उच्चारण गरिएन । ज्यूादो सहिद टंकप्रसाद आचार्य र रामहरी शर्माको नाम र जात प्रस्ट उच्चारण गरिन्थ्यो । नदेखिने र वास्ता नगरिने विभेदको अंशवाट लखन थापा राज्यवाट १३९ (२०७३) बर्षसम्म वञ्चितिकरण गरियो । प्राज्ञिक थलोवाट प्रकाशित शब्दकोषमा उटपट्याङ गरी हिंड्ने उरेन्ठेलो, बौलाहा भनेर अपमानित बनाइयो । मदन–आश्रित स्मृति प्रतिष्ठानले प्रकाशन गरेको शहीद (२०५२) ग्रन्थमा ‘…..
मुलुक र जनताको स्वाभिमान तथा प्रजातन्त्रका खातिर निरकुंश शासक समक्ष कायरताको भीख नमागी आफ्नो जीवन बलि चडाउने वीर सहिद लखन थापा नेपालको राजनैतिक इतिहासमा ‘प्रथम शहिद’ मानिएका छन् ।’ भनेर लखन थापा मगरवारे लेखिए पनि प्रजातान्त्रिक सरकारले उनलाई उचित महत्वनै दिएन । गणतान्त्रिक कम्युनिष्ट सरकारले चासोनै दिएको छैन । बरु प्रजातान्त्रिक, कम्युनिष्ट नेताको नाममा राज्यले अस्पताल, सडक, विश्वविद्यालय लगायत राष्ट्रिय संस्थाहरुको नामाकरण गरेका छन् । उनिहरुको नाममा स्थापना भएको प्रतिष्ठान र पार्टीको सहिद प्रतिष्ठानलाई बार्षिक करोडौं बजेट छुट्टाइन्छ । तर, देशको निमित्त निरकुंश राणा शाषन विरुद्ध सशस्त्र विद्रोह गरी प्रजातान्त्रिक आन्दोलनमा बलिदानी दिएका प्रथम सहिद लखन थापा मगरको नाममा अहिलेसम्म राज्यको गौरव र महत्वपूर्ण संस्थाको नामाकरण र जोड्ने प्रयास किन गरिन्दैन ? एकपटक ३४ लाख अक्षयकोष दिएर नेपाल सरकारले प्रतिष्ठानलाई किन बार्षिक बजेट छुटाइन्दैन प्रश्नहरु अन्युत्तर छन् ?
अन्त्यमा
राज्यले प्रथम सहिदको सहादत स्थललाई पुरातत्व दृष्टिकोणले पवित्र भूमि घोषणा गर्नु पर्दछ । गुरुयोजना मार्फत दरबारको संरक्षण गर्न क्रान्ति गर्दा प्रयोग गरिएको सामाग्रिहरुको खोजी गरी शसस्त्र क्रान्ति, बलिदानि घटनाको जीवन्त सङग्रहालय निर्माण गर्नु पर्दछ । उनको योगदानवारे वृत्तचित्रको माध्यमबाट महत्व सम्प्रेषण गरिएमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विद्यार्थी, पत्रकार, अन्वेषक, इतिहासकार, विद्धानलाई अनुसन्धान गर्न र पर्यटकलाई गन्तव्य थलोको रुपमा विकास गराउन सकिन्छ । तीनकुने काठमाडौंमा खाली रहेको जग्गामा प्रथम सहिदको सालिक सहित आकर्षक पार्क निर्माण गरिएमा सहिदप्रतिको सच्चा सम्मान हुनेछ । लखन थापा मगर सहिदका पनि महासहिद अर्थात प्रथम सहिद भएकोले उनलाई राष्ट्रिय विभूति घोषणा गरिंदा राज्यको गौरव बढ्नेछ ।
(नेपालका प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृति दिवसको सन्दर्भमा प्रथम सहिद क्या. लखन थापा मगर अक्षयकोष– २०५६, बुटवल रुपन्देहीद्धारा आयोजित अन्तक्रियात्मक गोष्ठीमा प्रस्तुत कार्यपत्र । २०७७ माघ २४ गते शनिवार)
laaphaa@gmail.com
पत्रपत्रिका तथा अनलाइन
ध्रुबसागर शर्मा । मंगलवार, २० आश्विन, २०७७, १९:०६:, बेनी अनलाइन ।
https://myagdikali.com/210280/?fbclid=IwAR1qV_E5AD07uTJg5sirIBl5ZxALhOYehDx8qr6xxTmcYLYDYl3FHDxJC4
उमेश राना ‘गोर्खाली’ । शनिबार, १८ पुस, २०७७, २१:१५:००, हिमाल खबर ।
https://www.himalkhabar.com/news/121793?fbclid=IwAR0wPjr31GegczImC_eNBsD1wThZVj0Bj98Qtpe_5ixY7V-5YzpMT03STEs
राजकुमार दिक्पाल । सोमबार, २२ भदौ, २०७७, २१:३६:००, हिमाल खबर ।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञज्ञडण्डद्दरुादअष्मि.क्ष्धब्च्द्दकक्ठ)कान्न्खश्भह्थ्क्दएकह्ख्शऋमलथ्ख्चक्ज्व्ग्पक्ष्)ष्ठज्हष्कद्दवबग्खल्गइखह्कथथ्लडक्प
सञ्जोग लाफा मगर, । १३९ वर्षपछि प्रथम सहिद । बर्ष ७, अंक २७० शनिवार, १६ माघ, २०७२, नागरिक
सञ्जोग लाफा मगर, । उपेक्षामा प्रथम सहिद । शनिवार, ३ फागुन, २०७६, नयाा पत्रिका शनिवारीय परिशिष्टाङ, झन नयाँ । https://www.himalkhabar.com/news/118082?fbclid=IwAR2sS7_sfGGvZeXYSbPsXVzCdnYVrSHJUkI_i7Hxis2jaUvNuOvXsyYn8Sk
चन्द्रप्रकाश बानियाँ । साँच्चै लखन थापा नै हुन् त नेपालका प्रथम सहिद ? । Sep 16, 2016 स्वाभिमान, http://swaviman.com/2016/09/16/