म एक पत्रकार । गाउँ बस्तीको दुःख सुखको जानकारी लिने दिने मेरो पत्रकारिताभित्र पर्छ । यसै सिलसिलामा यौटा बस्तीमा पुगेँ अचम्म लाग्यो सारा कुरा पूर्ण बन्दोबस्तीले सजिएका थिए । बाटोघाटो स्कुल, मठ मन्दिर, चर्च, मस्जिद गुम्बा आदि एउटै कम्पाउन्डभित्र थिए । झन् झन् छक्क पर्दै गएँ ।
बाटोभरि युवा युवती सामाजिक काममा जुटेका थिए । नजिक पुगेर हेरेँ । कल्पनै गर्न नसकिने दृश्यले मलाई लोभायो । समाज पूर्ण स्वर्गीय थियो शान्त सुविकसित राजनीतिरहित थियो । छिमेकीलाई यो चित्त बुझेको थिएन ।
बाटोमुनीको घरमा आमाछोरा गन्थन गरेको सुनें । मेरो मनलाई केन्द्रित गर्यो । नजीक गएर सुन्दै गएँ । कुरा यस्तो रहेछ :
आमाले सम्झाउँदै थिइन् छोरोले मानिरहेको थिएन । आमाले सम्झाउँदै भनिन्, “समाजले तेरो बारेमा धेरै कुरा सुनाए म सुनिरहें यत्तिमात्र भने उसको इच्छा !”
छोरोले जवाफ दिँदै भन्छ, “आमा म नेता हुन्न देख्नु भो नि हाम्रो छिमेकीले पाएको गोता ? यो देशको राजा बनाए पनि म हुन चाहन्नँ आमा ! किनकि ती गद्दार नेताको पीडाले ग्रस्त नेपाली समाज पटक पटक हेलित भएको थियो छ । जो इमान्दार, सक्षम, कुशल छन् देशका लागि हितकारी राम्रालाई हटाई आफ्ना आसेपासे, आफन्ति नातावाद र कृपावादले मौका पाएका छन् जुन देख्न सक्दिनँ । यस्तो अत्याचार, अन्याय म शहीद हुन सक्छु तर यो गद्दार खुरापाती राजनीतिको पछि लाग्दिनँ आमा मलाई माफ गर्नुस् ।
(छोरो आमालाई दुखेसो पोख्दै छोराको कुरालाई अझैं सम्झाउँदै आमा)
“बाबु तँलाई थाहा छ तेरो बाबालाई बलीको बोको बनाएर मारे । आखिरी तैंले यसको प्रतिशोध लिनैपर्छ छोरा । देशको लागि सदैव यस्ता गद्दार नेतालाई हटाउनैपर्छ, किनकि यी हाम्रा बाधक हुन् साधक होइनन् यी रहुन्जेल हामीले मुक्ति पाउँदैनौं यसर्थ तैंले राजनीति गर्नै पर्छ बुझिस् ।”
आमा आखिरी के मैले यिनैको सिको गरें भने के हुन्छ ? किनकि सबैतिर माफिया खुफिया एजेन्सी विभिन्न विदेशी गुप्तचरको संजाल र षड्यन्त्रबाट घेरिएको छ । नेपाली राजनीतिलाई सहतापूर्वक चलाउन धेरै कठीन छ आमा । बाबाजस्तै म यिनीहरूको गोटी बन्न सक्दिनँ । उहाँले धेरैलाई विश्वास गर्नुभयो सबैले धोका दिए फसाए । यो देशको आमूल परिवर्तन राजनीतिभन्दा बाहिर रहेर पनि गर्न सकिन्छ । आमा म हजुरको कुरा मान्न तयार छैन मसँग धेरै वैकल्पित बाटो छन् । यसबाट पनि मुलुकको विकास गर्न सकिन्छ होइन र आमा ?
छोरा तैँले मेरो अनुरोधलाई मान्दैनस् होइन ? हेर देश दिन प्रतिदिन हिंसा बलात्कार सीमा क्षेत्रमा हस्तक्षेप नेताहरुमा फुटगुटको राजनीतिले सबैतिर तहसनहस भएको छ । राजनीतिक खिचलो बढ्दा सबै नागरिक सेवा विकास र समृद्धिको बाटोमा अवरोध आउनाले हामीले मुक्तिको आन्दोलन जारी राख्ने अनुमति चाहन्छु यो तैँले गर्नै पर्छ बुझिस् ?
ल हेर्नुस् आमा बाबुको हत्यारालाई म एकएक गरेर नामेट गर्ने छु । जनताका लागि सदैव बिश्वास दिनेछु ।
मेरो कदममा ती राजनीतिक दलका नेताहरुले गरेका हरेक हिसाब किताबको फाँटवारीअनुसार सफाई र सफाया हुनेछन् । हिजो जोजोबाट मुलुकको लागि हिंसा हत्या आतङ्क गरे, गर्न बाध्य गराए । उनीहरूले आफ्नो कसुरको सजाय भोग्नुपर्ने हुन्छ होइन र आमा ? म भूमिगत हुनेछु । म शहीद भएर पनि यी देशका दुश्मनको तातो गोली खाँदै आमाको चाहना पूरा गर्ने पूरा बाचा सहर्ष गर्छु । मैले स्वीकारे आमा ।
(आमाको अनुहारमा देखिएको अपूर्व खुशी झल्किएको थियो) आमाको आवाजमा दम थियो । सम्झाउँदै भनिन्, “हो बल्ल मेरो कुरा सुनिस् तेरो विजय हुनु भनेको देशको विजय हो सत्यको विजय हो ।
तेरो बाबालाई सम्झी सम्झी आज तलाई बिदाई गर्दै छु ती गद्दारको शिरको गिद्दीलाई जङ्गली जनावरलाई खुवाउने प्रचलन बनोस् तब देशले मुक्ति पाउनेछ अन्यथा यस्तै चल्नेछ ।
आखिरी ऊ राजनीतिमा आयो र भूमिगत भयो लोकप्रिय कार्यक्रममा ऊ आफ्नो परिचय कदापि देखाएन । देशका नेताहरु रातारात विदेश पलायन भए धेरैजसो बेलायतमा निर्वासित बने । उनीहरू आफ्नो विगतका कुरालाई सम्झन सक्दैनन् किनकि उनीहरूले देशलाई आत्मनिर्भर हुन कहिल्यै दिएनन् जनतालाई पीडित बनाएका थिए ।
आज ती छिमेकीले हेर्न पनि सक्दैनन् देशले काँचुली फेरेको छ । ती महान् योद्धाकी आमालाई सलाम छ । देश देशद्रोहीको चंगुलबाट मुक्त छ ।
सारा कुरा युगानुकूल बनेका छन् । आखिरी नेता हुनु त यस्तो लोकोक्ति बनेको थियो ।
(यो कहानीले मलाई विगतमा पुरायो । देशले भोगेका हरेक घटनाले मलाई एक सर्जक बनायो पत्रकार बनायो आखिर त्यो दिनको संझनाले मलाई त्यो अतितसम्म पुरायो आमा छोराको कुरालाई लिएर मैले राष्ट्रका लागि एकबाटो खनिदिए । यसैमा मलाई गर्व छ पत्रकार खुसी देखिन्थ्यो)


