
पोखरा चैत्र ३ । तमु प्ये ल्हु संघ यूकेद्वारा तमु प्ये ल्हु संघ, केन्द्रीय बोन्पोलम समितिलाई ८ लाख २६ हजार ६ सय ६० रुपैयाँ नगद सहयोग गरिएको छ ।
मंगलबार तमु प्ये ल्हु संघ, केन्द्रीय प्राङ्गणमा एक समारोहबीच सहयोग रकम हस्तान्तरण भएको हो । हस्तान्तरण गरिएको उक्त रकम तमु बोन्पोलम संरक्षण, सम्बर्द्धन एवं प्रशिक्षणका लागि खर्चिने जनाइएको छ ।
तमु प्ये ल्हु संघ, यूकेका सल्लाहकार पितम ल्हों तमु र तमु प्ये ल्हु संघका संस्थापक सदस्य एवं तमु प्ये ल्हु संघ, यूकेका सल्लाहकार ओम प्रसाद क्रोम्छें तमुमार्फत तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको रोहबरमा हस्तान्तरण गरिएको हो ।


