[कविता] थप्पड मात्र किन ?

SHARE:

चिम्खोले काइँला

राष्ट्रियताको लागि डम्फू बजाउने नेताहरु
न त राष्ट्रियता बचाउँछन्
न त विदेशीको हस्तक्षेप नै रोक्छन्
यस्ता राष्ट्रविरोधी नेताहरुलाई
थप्पड मात्र किन ?
बक्सिङ्ग पनि हान्नु पर्छ

सहमतिको लागि ढ्यांग्रो ठटाउने नेताहरु
न त सहमति नै कायम गर्छन्
न त संविधान नै कार्यान्वयन गर्छन्
त्यस्ता शंकालु नेतालाई
बक्सिङ्ग मात्र किन ?
लात्तीले पनि हान्नु पर्छ

राष्ट्रिय सरकारको लागि ढोल ठटाउने नेताहरु
न त राष्ट्रिय सरकार नै गठन गर्छन्
न त पार्टी नै बचाउँछन्
त्यस्ता पार्टी फुटाउने नेतालाई
लात्ती मात्र किन ?
फुटबल पनि खेल्नु पर्छ

भ्रष्टाचार निर्मूल पार्छु भनि वकालत गर्ने नेताहरु
न त तस्करी नै रोक्छन्
न त भ्रष्टाचार नै रोक्छन्
त्यस्ता भ्रष्टाचारी नेतालाई
फुटबल मात्र किन ?
सर्वस्वसहित जन्म कैद गर्नु पर्छ

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!