चिम्खोले काईला – बेलायत
नेपालका पूर्वप्रहरी अधिकृत जीव नारायण बेल्बासे बेलायतको स्थानीय सरकारको निर्वाचनमा काउन्सिलर पदमा उमेद्वारी दिएका छन। नेपालीहरुको जनघनत्व भएको तथा मिनी नेपाल भनेर चिनिने रशमोर बरो काउन्सिल, अल्डरशटमा अबस्थित विलिङ्गटन वार्डको काउन्सिलर पदमा प्रतिस्पर्दा गर्दै छन। बेल्बासीले बेलायतको कन्जरभेटिभ पार्टीबाट टिकट पाएका छन भने उनले लेबर पार्टीका उमेद्वार Koohestani Halleh
र लिबरल डेमोक्र्याटका उमेद्वार O’Dowd-Booth Olive Jane संग प्रतिस्पर्दा गर्दै छन।
जीव नारायण बेल्बासे बाबा खिमानन्द बेल्बासे र आमा नरमदा बेल्बासेको कोखबाट सन् १९६८ मा साबिकको खिल्जी गाबिस अर्घाखाची हालको भुमिकास्थान नगर पालिका खिल्जीमा बिक्रम सम्बत २०२४ मा भएको बेल्बासेको प्रारम्भिक शिक्षा स्थानीय शान्ति प्राथमिक बिद्यालयबाट शुरु भएको थियो भने जनप्रिय माध्यामिक बिद्यालय खिल्जी, असुरकोट हुँदै जनज्योति माध्यामिक बिद्यालय चुत्रबेसी अर्घाखाचीबाट एसएलसि गरेका थिए। उनले एसएलसि उतिर्ण गरेपछि पाटन संयुक्त क्याम्पसबाट स्नातक उतिर्ण गरेका थिए। बेल्बासेले स्नातक उतिर्ण गरेपछि उनि सन १९९० मा नेपाल सरकारको प्रहरी सेवामा आबद्ध भएका थिए। नेपाल प्रहरीको केन्द्रिय तालिम केन्द्रबाट आधारभूत तालिम उतिर्ण गरेपछि उनी नेपाल नेपाल प्रहरिलाई चाहिने सबै जसो उन्नत तालिम गरी ६ बर्षसम्म प्रहरी तालिम केन्द्रमा प्रहरिहरुलाई आधारअभुत एवम उन्नत तालिमको लागि आन्तरिक तथा बाह्य बिषयहरु अध्यापन गराउने अध्यापकको रुपमा अनुभब बटुलेका थिए।
बिभिन्न परिस्थितले गर्दा हुनेखाने तथा समानित जागिर छोडेर बेल्बासे सन् २००१ मा बेलायत भित्रिएका थिए। बेलायतमा रहदा बचेका समय उनले सामाजिक सेवामा खर्चेका थिए। उनि गैर आबसीय नेपाली संघ (एनआरएनए) युकेमा तिन कार्यकाल आबद्ध भई प्रबक्ता समेतको भूमिका निर्बाह गरेका थिए भने ग्रेटर रस्मुर नेपाली कम्युनिटीको निबर्तमान अध्यक्ष हुन्। सामाजिक कार्य गर्नेक्रममा उनले रस्मुर भोलिन्टियर समुहद्वारा नागरिक सम्मानबाट सम्मानित भएका छन भने नेपाल ब्रिटेन डट कामबाट मिडिया पर्सानिलिटी अवार्ड, बीबीसी सरेबाट कम्युनिटी हिरो अवार्ड लगायत हाम्सायर काउन्टी काउन्सिलबाट हाई सरिफ अवार्ड प्राप्त गरेका छन।
पुर्बप्रहरी अधिकृत जीव नारायण बेल्बासे बेलायती राजनीतिमा प्रवेश गर्नुको मुख्य उद्धेश्य वेलायती जनता र बेलायतबासी नेपालीहरुसंग सहकार्य गर्दै बेलायतबासी नेपालीहरुको हक अधिकार र सुबिधा उपलब्ध गराउनु रहेको छ भने वेलायती जनता र नेपाली जनतासंग सहकार्य गरि सामाजिक सेवामा टेवा पुर्याउने योजना रहेको छ। बेल्बासे श्रीमती अमिता बेल्बासे, छोरा अनुराज बेल्बासे र छोरी जोशीका बेल्बासेसँग बेलायतको अल्डरशट शहरमा बसोबास गर्दै आएका छन। फुर्सदको समयमा उनि सामाजिक सेवामा खर्चिन्छन भने बाँकि समय श्रीमती, छोरा छोरीलाइ लिएर होलिडे जाने उनको रुचि रहेको छ।